काउन्सिलर पदमा चुनाव लड्दै बेलायतवासी तीन नेपाली

SHARE:

लन्डन २६ अप्रिल २०२४ । नेपालीहरूको घना बस्ती भएको अल्डरसट र फार्नबोरोमा दुई पूर्वकाउन्सिलरसहित तीन जना नेपाली मूलका उम्मेदवार काउन्सिलरमा चुनाव लड्दै छन् । पूर्वकाउन्सिलर नेम थापामगर, जीव बेल्वासे र डा. विशाल गुरुङ आगामी २ मेमा हुने स्थानीय चुनावका लागि उम्मेदवार बनेका हुन् । थापामगर रश्मोर बरो काउन्सिलको फार्नबरो चेरिउड वार्ड, बेल्वासे अल्डरसट म्यानरपार्क वार्ड र डा. गुरुङ अल्डरसट वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवार बनेका हुन् ।

चुनावी प्रचारमा रहेका काउन्सिलरका उम्मेदवार थापामगरले चर्चहिल क्रिससेन्ट (हाउले डाँडा) मा पार्क बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताए । कन्जरभेटिभ पार्टीमा आबद्ध थापामगर सामाजिक क्षेत्रमा सक्रिय छन् । भूपू गोर्खा सैनिक उनी मगर संघ युकेका पूर्वअध्यक्षसमेत हुन् । चेरीउड वार्ड टोरी पार्टीका लागि निकै कठिन क्षेत्रका रूपमा लिइन्छ। तर थापाले २०२१ सालमा भएको चुनावमा ८९८ भोटले जितेका थिए। प्रतिस्पर्धीले ८०६ भोट पाएका थिए। त्यसैले पुनः मतदान गरेर विजयी गराउन थापाले सबै मतदातालाई हार्दिक आव्हान गरेका छन्।

यस्तै कन्जरभेटिभ पार्टीबाट पुन: काउन्सिलर पदमा होमिएका बेल्वासे विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् । रशमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष तथा एनआरएनए यूकेका पूर्वप्रवक्ता हुन् । बेल्वासे २००१ देखि २०१९ सम्म सामुदायिक कामकाजमा सक्रिय रहे । त्यसपछि उनी कन्जरभेटिभ पार्टीमा आबद्ध भएर विलिङटन वार्डबाट २०२१ सालको चुनावमा काउन्सिलर निर्वाचित भए । म्यान्नर पार्कमा २३ वर्षदेखि बस्दै आएका बेल्वासे नेपाल प्रहरीका पूर्वसबइन्स्पेक्टर पनि हुन् । यसपटक चुनावमा सामुदायिक सुरक्षालाई प्राथमिकता दिँदै म्यानर पार्क वार्डको काउन्सिलर पदमा उम्मेदवार बनेको उनले बताएका छन् । गत २०२१ सालको चुनावमा प्रतिद्वन्द्वीले ४०२ भोट र बेल्वासेले ५८७ मत प्राप्त गरी विजय भएका थिए।

यसैगरी, अल्डरसट र ह्यामसायर क्षेत्रमा कन्जरभेटिभ पार्टीको डेपुटी चेयरमेन रहेका डा. गुरुङले धेरैभन्दा धेरै नेपालीको आवाजलाई काउन्सिलमा पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताए । नेपालीका विभिन्न समस्यालाई काउन्सिलमा लगेर समाधानका लागि पहल गर्ने उनको योजना छ ।

युवाहरूको लागि लेजर सेन्टर, स्पोर्टस् सेन्टर तथा बालबालिकाका लागि खेल्ने ठाउँका लागि पनि कुरा राख्ने पनि डा. गुरुङले प्रतिबद्धता जनाएका छन् । टाउन सेन्टरमा निर्माण भइरहेको युनियन यार्डलाइ चाँडो सम्पन्न गर्न पहल गर्नेसमेत उनले बताए। डा. गुरुङ धेरै ठाउँबाट अनुभव लिइरहेका र युवा भएकाले बलियो उम्मेदवारको हिसाबले हेरिरहेका छन्। हाल उनी, ग्रेटर रस्मूर नेपाली कम्युनिटी युकेमा उपाध्यक्ष तथा तमु धीं युकेका महासचिवसमेत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!