
जमुना पुन – बेलायत
२९ अप्रिल २९ । मगर संघ युकेको आयोजनामा आगामी जून १५ मा ‘नेपाली ओपन कन्सर्ट’ हुने भएको छ ।
आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा केन्टको मेडिस्टोनस्थित ‘केन्ट इभेन्ट गार्डन’को शो ग्राउन्डमा कन्सर्ट हुने मगर संघ युकेका उपाध्यक्ष तथा प्रमुख संयोजक होम रोकाले जानकारी दिएका छन ।
कन्सर्टमा प्रमुख आकर्षण चर्चित ‘मंगोलियन हार्ट’ ब्यान्डका गायक राजु लामा रहने भएका छन् । त्यस्तै, कन्सर्टमा बेलायतस्थित सिक्का ब्यान्ड र केही लोकदोहोरी कलाकारसमेतको प्रस्तुति रहने कन्सर्ट प्रमुख संयोजक एवम् संघका उपाध्यक्ष होम रोकाले जानकारी दिए । लाइभ ब्यान्डको प्रस्तुतिमा गायक लामाले प्रस्तुति गर्नेछन्।
‘म्यूजिक फर युनिटी’ भन्ने नारासहित आयोजना हुने कन्सर्टमा सहभागी हुन संघकी अध्यक्ष सिता पुनमगरले बेलायतस्थित सबै नेपालीहरुलाई आह्वान गरेकी छन् । ‘यो कन्सर्टलाई बेलायतवासी हामी सबै नेपालीलाई एक ठाउँमा ल्याउने र एकताको सूत्रमा बाँध्ने अवसर बनाउने हाम्रो लक्ष्य छ’, पत्रकार सम्मेलनमा संघ अध्यक्ष सीता पुन मगरले भनिन्, ‘आशा छ, बेलायतमा सबै नेपाली आउनुहुनेछ र साथ दिनुहुनेछ ।’
कन्सर्टस्थलमा नेपाली खाना र सामग्रीहरुलगायत विभिन्न व्यापारिकसमेत ४० बढी स्टल रहनेछन् । संघले यस वर्ष कन्सर्टमा ४ हजार बढी दर्शक अपेक्षा गरेको छ । तीन सय भन्दा बढी अतिथिहरु निम्त्याइएको छ । मध्यान्ह १२ बजे शुरु हुने कन्सर्ट राति ११ बजेसम सञ्चालन हुनेछ ।
पत्रकार सम्मेलनकै क्रममा संघकी अध्यक्ष सीता पुन मगरले कन्सर्टको अनलाइन टिकट विक्री शुभारम्भ गरेकी थिइन् । अनलाइनमा अग्रिम खरिद गर्दा कन्सर्टको टिकट शुल्क ३० पाउन्ड छ । ६५ वर्ष माथि र १२ देखि १७ वर्ष उमेरलाई भने २५ पाउण्ड छ । अनलाइनमा बिक्री हुने पहिलो १ हजार टिकट भने १० प्रतिशत छुटसहित २७ पाउन्डमा उपलब्ध गराइएको छ । कन्सर्टस्थलमा लिनेहरुलाई ४० पाउन्ड लाग्नेछ ।
कन्सर्ट प्रमुख संयोजक एवम् संघका उपाध्यक्ष होम रोकाले कार्यक्रमको हालसम्मको तयारीबारे अपडेट गराएका थिए । पत्रकारहरुको जिज्ञासामा अध्यक्ष, उपाध्यक्ष र महासचिवका साथै संघका सचिव गोमान पुन, मिडिया सेक्रेटरी किशोर राना, सांस्कृतिक सेक्रेटरी सरु राना, केन्ट शाखा अध्यक्ष नानीनाबु मगरलगायतले जवाफ दिँदै कार्यक्रमका विविध पक्षबारे जानकारी गराएका थिए ।
मगर संघ यूकेले सन् २००७ देखि नै वर्षेनी नेपालबाट कलाकार बोलाएर बेलायतमा ओपन कन्सर्ट गर्दै आएको छ । विगतका वर्षमा फार्नबोरो फुटबल कलब, फार्नबोरो रब्बी कलब, कुईन्स इभेन्यु अल्डरसट हुँदै आएको कार्यक्रम यो वर्ष पहिलोपटक केन्टमा हुन लागेको हो ।
पत्रकार सम्मेलनमा पत्रकारहरु लन्डन काठमाडौँ न्युज तथा फोनिज युकेको सम्पादक बम थापा सुर्यबंशी मगर, लन्डन नेपाल न्युजको शिब भण्डारी र प्रकाश कंडेल, नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष धुर्बराज अर्याल, ब्रिटिश खबर युकेबाट बिपिन निरौला, नेपाल ब्रिटेन डट कमबाट चिरन शर्मा, देवी पौडेल, वी नेपालीक सम्पादक नरेश खपांगी मगर, एभेरेस्ट मिडियाका एसके गुरुङ । गोर्खा च्यानलबाट बिमल सेने, गोर्खा मिडियाबाट मिलन तमु, विकास न्यौपाने तथा एभेरेस्ट टाईमन्सका सम्पादक चिम्खोले काईला र सह सम्पादक जमुना पुनको उपस्थित भएको थिए।
मगर संघ युकेको अध्यक्ष सिता पुनले अध्यक्षता गरेको पत्रकार सम्मेलनमा संस्थाका महासचिब गुमानसिङ थापाले संचालन गरेको थिए भने पत्रकार सम्मेलनको संयोजक सचिब गोमान पुनले गरेका थिए।पत्रकार सम्मेलमा उपाध्यक्ष तथा १६ औं नेपाली ओपन कन्सर्टका प्रमुख संयोजक होम रोकाले पत्रकारलाई स्वागत गर्दै प्रेस नोट वाचन गरेर सुनाएका थिए।
प्रेस नोट
मिति: आइतबार २८ April २०२४
आज मिति २०२४ साल २८ अप्रिल आइतबार को दिन समय साझ ६ बजे मगर संघ यूकेले आयोजना गरेको यस नेपाली ओपन कन्सर्ट २०२४ को भर्चुअल पत्रकार सम्मेलन का सभा अध्यक्ष मगर संघ यूकेका अध्यक्ष श्री सिता पुन मगर ज्यू र सम्पूर्ण उपस्थित बेलायतबासि पत्रकार साथीहरु र यस भर्चुअल पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण महानुभावहरु नेपाली ओपन कन्सर्ट पत्रकार सम्मेलन मा उपस्थित जनाई दिनुभएकोमा मगर संघ यूकेको तर्फ देखि र नेपाली ओपन कन्सर्ट २०२४को संयोजक म उपाध्यक्ष होम रोका मागरको तर्फ देखि आज यस यस पत्रकार सम्मेलन मा हार्दिक स्वागत तथा न्यानो अभिबादन ब्यक्त गर्न चाहन्छु ! Good evening & Namaste.
मगर संघ यूके को स्थापना २००२ सालमा स्थापना भएता पनि ओपन कन्सर्ट भने २००७ मा फान॔बोरो फुटबल क्लबमा भएको थियो। स्थापनाकाल देखि बेलायतमा बसोबास गर्नु हुने नेपालीहरूलाई हरेक वर्षमा बुद्ध पुर्णिमा को दिन बुद्ध जयन्ति मनाउने क्रममा इन्डोर कार्यक्रममा हलहरु सानो हुदै गएको महसुस भयको हुनाले तत्कालिन महासचिब दुत पुनको परिकल्पनामा सर्बसहमति अनुरुप २००७ साल देखि खुल्ला मैदान मा ओपन कन्सर्ट गर्ने कार्यसमितिले पारित गरे संगै मगर संघ यूके ले पहिलो ओपोन कन्सर्ट १२ मे २००७ को दिन फार्नबोरो फुटबल कलब को प्रांगण मा संस्थाका अध्यक्ष श्री थर्क राना, उपा अध्यक्ष श्री बिल पुर्जा , मासचिब श्री दुत पुन, कोसा अध्यक्ष श्री राजेन्द्र राना र सांस्कृतिक टिम सोम राना र घन थापा ज्यू को पहल कदमी कडा परिश्रम र मेहनत को फल स्वरुप सोहि अवसरमा नेपाल देखि ख्याती प्राप्त कलाकार दोय राजु परिवार, सिर्जना बिरही थापा र मिग्मा शेर्पा जस्ता लोकप्रिय र चर्चित कलाकार को साथ प्रमुख अथिति रुस्मोर बोरो काउन्सिल का मयेर श्री जोन मार्स र बिषेस अथिति जापान दखि निमन्त्रित माकितो मिनामी(जापनिस) को मगर भाषा मा भासन गरि मगर हरु लाई नै चकित पर्दै ऐतिहासिक पहिलो बुद्ध ओपन कन्सर्ट भब्यताको साथ सम्पन्न हुन गएको थियो!
२००७ साल देखि दिर्गकालिन सोच का साथ गित, संगित, सस्कार, संस्कृति, भाषा, भावना र सदा साहयता को लागी स्वदेश तथा बेलायत मा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीहरुको लागि सांगीतिक एकता (Music for Unity) नारा को साथ एक मात्र सबै नेपाली को साझा नेपाली ओपन कन्सर्ट मगर संघ यूकेले आयोजना गर्दै आएको छ। १६ औ नेपाली ओपन कन्सर्टमा मगरसंघ यूकेका अध्यक्ष सीता पुन मगरज्यूको चाहना र मगर संघ यूकेका सास्कृतिक सचिव सरु रानाको साहसी कदमीको पहल मा इतिहासकै पहिलो पटक चर्चित कलाकार Raju Lama मंगोलियन हर्टसंग सिका ब्याण्ड लाईभ म्यूजिक कन्सर्ट यहि आउदो १५ जुनमा हुन गईरहेको जानकारी गराउन चाहन्छु। म्यूजिक फर युनिटी MUSIC FOR UNITY ! नाराका साथ नेपाली कला र गला, नेपाली भाषा र संस्कृतिको लागि सदैब जातिय घेरा भन्दा माथि उठेर काम गरि रहदै आएको छ, नेपाली ओपन कन्सर्ट ले हरेक बर्ष क्रमश आफ्नै हाइट र बरांड स्थापित गर्दै गैरहेको अनुभुति मगर संघ यूके लगायत सम्पूर्ण बेलायत बासि नेपाली हरुले महसुस गरिरहदै आएका छन।
१६ औं नेपाली ओपन कन्सर्टमा मंगोलियन हर्टका गायक राजु लामासंग सिका ब्याण्ड लाईभ म्यूजिक कन्सर्टको साथमा लोक दोहोरी गायक गायिका सहितका कलाकाहरुहरुले बेलायतमा तपाई हाम्रो दु:ख बिसाउन नेपाली सांगीतिक तिर्सना मिटाउन भरपूर कोशिस गर्ने छन् । यो वर्ष जून महिनाको १५ तारिख शनिबार Kent Event Centre, Showground, Detling, Maidstone, Kent ME14 3JF बिहान १२ बजे देखि बेलुकी 1० बजे सम्म १६ औं नेपाली ओपन कन्सर्ट मगर संघ यूकेले भव्यताको साथ् यो कार्यक्रमको आयोजना गर्न गईरहेको जानकारी गराउन चाहन्छौ। अन्य थप आकर्षक गतिबिधि हरु जस्तै साना नानीहरु को मनोरन्जनको लागि फेस पेन्टिङ, आइसक्रिम , पानीपुरी चनाचटपटे र अन्य रोचक खेलहरु पनि मगर संघ यूके का यूथ टिम देखि खेलाइने छ। अन्य दर्शक हरु को लागि विभिन्न थरिको ज्ञानवद॔क साथै विभिन्न बेबसायहरुको स्टल जस्तै मोरगेज , अकाउनटेन, नेपाली परिकार रेस्तुरेन्त, कपडाको दोकान झन्डै ४० भन्दा बढी स्टलहरुको उपस्थिति हुने छ। यस कार्यक्रम संघको १२ ओटै शाखाहरुको सहकार्य, सहयोग र उपस्थितमा सम्पन्न हुनेछ। बेलायतबासी नेपाली हरुको समुदायमा यो नै एक मात्र र ठुलो जनसमुदायहरुको भेलामा आयोजना गरिने सांगीतिक भेला हो। जँहा नेपाल देखि ख्याति प्राप्त कलाकारहरुलाई निम्त्याएर भब्यताको साथ एक दिन भए पनि एउतै खुल्ला प्रांगण मैदान मा बेलायत नेपाली दाजु भाई दिदि बैनी हरुलाई भेला गराई नेपाली सास्कृतिको जगेर्ना गर्ने र मनोरंजन दिलाउने उदेस्यले यो कार्यक्रम आयोजना गर्दै आईरहेका छौ।
यस वर्ष बेलायतको लागि नेपाली राज दुत ज्ञानचन्द्र आचार्यको प्रमुख अतिथि, बिशेष अतिथिको साथमा बेलायत बासि नेपाली संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लागायत बेलायाबासी नेपाली जन समुदायहरुको बाक्लो उपस्थितिमा बहुचर्चित कलाकारहरु
1. Mongolian Heart Raju Lama with SIKKA Band Uk
2 ख्याती प्राप्त लोक तथा दोहोरि कलाकार
5. मगर गत ट्यालेन्ट युके विजयता २०२३ (Dancer) Rubiya Thapa, मगर जस्ता लोकप्रिय कलाकार हरु को
बेजोड प्रस्तुति रहने छ। यस बर्ष पनि सबै भन्दा बढी नेपाली समुदायहरुलाई नेपाली ओपन कन्सर्ट मा आकर्षित गराउने उदेस्य लिएर आज यस पत्रकार सम्मेलन संगै हाम्रो नेपाली ओपन कन्सर्ट २०२४ को लागि अनलाइन मार्फत पहिलो टिकट काट्दै अनलाइनमा टिकट खुला गरिएको छ। पहिलो १००० टिकट खरिद गने॔हरूको लागि Early Bird टिकेटमा थप १० परसेन्ट डिस्काउन्ट गरिएको छ र डिस्काउन्ट अनलाइन मा मात्र उपलब्ध गरिएकोछ साथै डिस्काउन्ट कोड NOC10 र यो कोड १५ मे सम्म मात्र भ्यालिड हुनेछ। टिकटको दर जम्मा Adult Early Bird (Advance) £30 , Senior Citizen/ Children 12 -17 Year £25 on the day at gate £40 गरिएको छ।
कम्तिमा पनि ३ सय जना भन्दा बढी अतिथिहरु र ४ हजार भन्दा बढी दर्सक भित्राउने उदेश्य सहित यस मगर संघ यूके सातौ केन्द्रिय कार्य समिति नेपाली ओपन कन्सर्ट २०२४ को सम्पूर्ण तयारी को साथ , मगर संघका १२ वटा शाखाहरु , मगर महिला, र मगर संघ यूकेका युथ टिमहरु लागि परेका छन।
बेलायतमा हुने एकमात्र एतिहासिक नेपाली ओपन कन्सर्ट लाई थप प्रचार र प्रसारण गरी सहयोग जुटाउन बेलायत वासि संचारकर्मी साथिहरुको महत्वपुर्ण भूमिका रहनेमा मगर संघ यूकेले पूर्ण बिश्वासकोसाथ आफ्नो सस्थागत मान्यता राख्दछ। बेलायत बासि सम्पूर्ण पत्रकार मित्र हरुको उक्त १५ जून मा यँहाहरुको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
आज उपस्थित पत्रकार साथिहरुलाई मगर संघ यूकेका अधक्ष्य श्री सिता पुन मगर लगायत सम्पुर्ण कार्यसमितिको तर्फ देखि हार्दिक धन्यवाद दिन चाहान्छौ।










