तीन लाख पाउन्डको लागतमा गल्कोट समाज यूकेले किन्यो भवन

SHARE:


लन्डन २७ अप्रिल २०२४ । गल्कोट समाज यूकेले करिब ३ लाख लागतमा आफ्नो संस्थागत भवन किनेको छ ।

मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रमिचको सिग्नट रोडमा समाजले ‘गल्कोट हाउस’ खरिद गरेको हो । ३ बेडरूम हाउस खरिद गरेको अध्यक्ष चन्द्र साहनीले जानकारी दिए । जम्मा मूल्यको ३० प्रतिशत रकम डाउन पेमेन्टस्वरूप बुझाइएको छ भने बाँकी मोर्गेजमा छ ।

समाजका अध्यक्ष चन्द्र साहनी, निवर्तमान अध्यक्ष भोजराज कँडेल र पूर्वअध्यक्ष राजु कँडेलसहितका पदाधिकारीले शुक्रबार भवनको साँचो बुझेका छन् । तत्काललाई भवन भाडामा लगाएर संस्थाको लागि आयस्रोत बनाउने योजना समाजले बनाएको छ ।

बागलुङ जिल्लाको गल्कोट क्षेत्रमा पुर्ख्यौली भएर हाल बेलायतमा बस्दै आएकाहरुको प्रतिनिधि संस्थाको रुपमा सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरिएको थियो । समाजले बेलायतमा आफ्नै संस्थागत भवनको लक्ष्य राखेर सन् २०१८ देखि नै गल्कोट हाउस प्रोजेक्टमा कोष संकलन अभियान सुरु गरेको थियो । जुन अभियानमा हालसम्म १ लाख २४ हजार पाउण्ड हाराहारीमा रकम संकलन भइसकेको निवर्तमान अध्यक्ष भोजराज कँडेलले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!