गोरखाली समाज बेलायतको अध्यक्षमा हेमकुमार गुरुङ सर्वसम्मत चयन

SHARE:

लन्डन २९ अप्रिल २०२४ । गोरखाली समाज बेलायतको अध्यक्षमा हेमकुमार गुरुङ चयन भएका छन् । आइतबार (अप्रिल २८ तारिख) मा साउद ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा भएको वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनबाट हेमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि ३ कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । हेम नेपाली गैर आवासीय संघ यूकेका कोषाध्यक्ष समेत हुन् ।

कार्यसमितिमा महिल उपाध्यक्ष टकमाया गुरुङ, उपाध्यक्ष ज्ञानेन्द्र आले, महासचिव गौतम गुरुङ, सचिव राजेन्द्र गुरुङ, कोषाध्यक्ष जीवन अधिकारी, सहकोषाध्यक्ष दुर्गा गुरुङ, सदस्यहरुमा धुव्र गुरुङ, देव गुरुङ, मन गुरुङ, इन्द्र गुरुङ, ज्ञान राना, दिनेश श्रेष्ठलगायत छन् ।

साधारणसभाबाट विभिन्न प्रतिवेदन छलफलपछि पारित भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!