बेलायतमा आज सुन तोलाको कति ?

लन्डन २५ अप्रिल २०२६ । बेलायतमा आज शनिबार २५ अप्रिलका लागि सुन प्रतितोला १४ सय ५० पाउन्ड तोकिएको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार सुन तोलाको १४ सय ५० पाउन्ड र चाँदी ४० पाउन्ड रहेको छ । बिहीबार र शुक्रबार पनि सुन प्रतितोलाको १४ सय ६० पाउन्ड र चाँदी ४० पाउन्डमा कारोबार भएको थियो […]
तमु प्ये ल्हु संघ यूकेद्वारा १३ वटा क्होइबोलाई २६ लाख ९१००० हजार सहयोग हस्तान्तरण

पोखरा । तमु प्ये ल्हु संघ यूकेले १३ वटा क्होइबोलाई २६ लाख ९१००० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । तमु समुदायको आदिम सभ्यताको धरोहर क्होला सोंप्रे ट्होको अध्ययन-अवलोकन भ्रमणपछि तमु प्ये ल्हु संघ परिवार पोखराले शुक्रबार आयोजना गरेको स्वागत तथा बधाई-सम्मान कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेमबहादुर योज तमुलगायतले सहयोग रकम […]
सरकार सुदन गुरुङलाई पुनः गृहमन्त्रीको स्थान दिनु [कविता]

समाचार सुन्दासुन्दै कान दुखिसक्यो, समाचार भिडियो हेर्दै हेर्दै आँखा दुखिसक्यो। तर मैले केही लेख्न सकिनँ,केही बोल्न सकिनँ नेपाल आमा, म कायर हुँ । भ्रष्टाचारको एक–एक फाइल खोल्छु भन्दै गर्दा, समय छोटिँदै गयो, गृहमन्त्रीका दिन गन्दै गर्दा। रविजीको साहस टुक्र्याइयो, सुदन गुरुङको काम निमोटियो, म चुपचाप हेरेको हेर्यै नेपाल आमा, म कायर हुँ। इतिहासमा पनि अन्याय–अत्याचार […]
बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्चले मे २ मा बुद्ध जयन्ती मनाउने

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्चले आगामी मे २ मा बुद्ध जयन्ती मनाउने भएको छ । लन्डन शाखाको गुम्बामा २५७० औं बुद्ध जयन्त्रीको अवसरमा एक समारोह आयोजना गरिन लागिएको हो । कार्यक्रममा धर्मगुरू सङ्गे फुन्सोक शेर्पाले ‘अमितायुस दीर्घायु आशीर्वाद’ प्रदान गर्नेछन् । कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुने र दिउँसो ३:३० सम्मका लागि तय […]
सीएनसीबीजी यूकेको काठमाडौंमा सम्पर्क कार्यालय उद्घाटन

लन्डन । बृटिश गोर्खा नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेको काठमाडौंमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । अनामनगरमा सीएनसीबीजीको सम्पर्क कार्यालय शुक्रबार सीएनसीबीजी यूकेका अध्यक्ष थर्कबहादुर रानाले उद्घाटन गरेका भूपू सैनिक संघ कल्याणकारी समिति नेपालका अध्यक्ष हुमबहादुर थापा मगरले जानकारी दिए । ‘बेलायतमा रहेका भूतपूर्व सैनिकहरूको र निजका सन्तानको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि नेपाल सरकारसँग सफलता […]
काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाइयो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलाएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमवासी बस्तीहरू हटाउन शनिबार बिहानै देखि महानगरले डोजर चलाएको हो । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् । उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाउने काठमाडौँ महानगर […]
एनआरएनए र आईएफआरसीबीच आपसी सहकार्य र सहयोगबारे छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी) बीच आपसी सहकार्य तथा मानवीय सहयोग सुदृढ गर्ने उद्देश्यसहित समन्वय बैठक सम्पन्न भएको छ। एनआरएनएको केन्द्रीय कार्यालय बालुवाटारमा सम्पन्न उक्त बैठकमा आईएफआरसी नेपालका प्रतिनिधि प्रमुख डेभिड फिशर तथा मानवीय कूटनीति तथा सम्पर्क प्रबन्धक कृष्ण कुमार केसीको सहभागिता रहेको थियो । एनआरएनएको […]