नेपालको प्रधानन्यायाधीशमा डा शर्मा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनलाई मंगलबार सो पदमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ […]
नेपाल मगर संघको अध्यक्षमा उम्मेदवारी दिने गंगाबहादुर थापामगरको घोषणा

काठमाडौं । नेपाल मगर संघका वर्तमान उपाध्यक्ष गंगाबहादुर थापामगरले आसन्न १३ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सक्षम, दूरदर्शी र संगठनलाई एकताबद्ध गर्दै अघि बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको महसुस भएको भन्दै उनले मंगलबार अध्यक्ष पदका लागि उम्मेदवारी दिने जानकारी गराएका हुन् । ‘अधिवेशनमा उपस्थित सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकज्यूहरूलाई संगठनको हित, […]
मध्यपूर्व संकटबारे छलफल : सरकार, दूतावास र एनआरएनए बीचको समन्वय संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव

काठमाडौं र नेपाल सरकार, दूतावास र एनआरएनए बीच मध्यपूर्वको वर्तमान संकटका कारण नेपाली श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे समन्वयात्मक छलफल सम्पन्न भएको छ। मध्यपूर्वको वर्तमान संकट र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापन विषयमा परराष्ट्र मन्त्रालय डायस्पोरा डिभिजन लगायत सरकारी तथा गैरसरकारी ४० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको हो […]
तमु धिं नेपालको ४२ औं स्थापना दिवस : लिटिलस्टेपका गुरुङ सम्मानित, ४० विद्यार्थीलाई शैक्षिक सहयोग

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालले ४२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गर्नुहुँदै अप्ठ्यारो अवस्थामा स्थापित तमु धिं नेपालले तमुहरुको एकता, पहिचान र अधिकारको यात्रालाई सशक्त बनाउने शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले तमु धिं […]
बेलायतमा मंगलबार घट्यो सुनको भाउ, तोलाको कति ?

लन्डन । बेलायतमा मंगलबार सुनको भाउ घटेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार सोमबारको तुलनामा प्रतितोला १० पाउन्ड घटेको हो । आज तोलाको १४ सय १० पाउन्डमा कारोबार भइरहेको छ । सोमबार १४ सय २० पाउन्डमा कारोबार भएको थियो । चाँदीको मूल्य भने प्रतितोला ४० पाउन्डमै कारोबार भइरहेको छ ।
नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा : अनेसास

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । नेपालसहित विश्वका विभिन्न मुलुकबाट […]
हेरौं, तमु समाज युकेको १९औँ वार्षिक साधारणसभाका १९ तस्बिर

लन्डन । तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार मे १७ मा लन्डनस्थित विम्बलीको बारहाम पार्कभित्र रहेको समाजको सामुदायिक भवनमा साधारणसभा सम्पन्न भएको हो । पहिलो चरणमा वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो भने दोस्रो चरणमा हालै बेलायतको स्थानीय निकायको निर्वाचनमा पुनः काउन्सिलरमा निर्वाचित कमलबहादुर गुरुङ दम्पतीलाई विशेष सम्मान गरिएको थियो । महासचिव […]