हेरौं, तमु समाज युकेको १९औँ वार्षिक साधारणसभाका १९ तस्बिर

SHARE:

लन्डन । तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार मे १७ मा लन्डनस्थित विम्बलीको बारहाम पार्कभित्र रहेको समाजको सामुदायिक भवनमा साधारणसभा सम्पन्न भएको हो । पहिलो चरणमा वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो भने दोस्रो चरणमा हालै बेलायतको स्थानीय निकायको निर्वाचनमा पुनः काउन्सिलरमा निर्वाचित कमलबहादुर गुरुङ दम्पतीलाई विशेष सम्मान गरिएको थियो ।

महासचिव शुब घलेले सञ्चालन गरेको कार्यक्रमको प्रारम्भमा ‘हेल्थ एन्ड सेफ्टीसम्बन्धी जानकारी प्रदान गरिएको थियो । त्यसपछि समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमलबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ तथा युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष भीमबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्षहरू शिवचन्द्र गुरुङ, अर्जुन गुरुङ, शिवशरण गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा सल्लाहकारहरूको तर्फबाट काउन्सिलर कमलबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरूले तमु समाज युकेको स्थापना, उद्देश्य, परोपकारी कार्य तथा कला–संस्कृति संरक्षणमा संस्थाले खेलेको भूमिकाको चर्चा गर्दै संस्थालाई नेपाली समुदायको साझा पहिचानका रूपमा व्याख्या गरेका थिए । उनीहरूले विदेशी भूमिमा रहेर पनि भाषा, संस्कृति र सामुदायिक एकतालाई मजबुत बनाउँदै आएको संस्थाको योगदान प्रशंसनीय रहेको बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!