पानस बेलायतको वार्षिक भेट्घाट कार्यक्रम

बेलायत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध बिदेश बिभाग सङ्गठन प्रबासी नेपाली एकता समाज (पानस ) बेलायतले आगामी आइतवार २८ जुन २०२६ का दिन माइतिघर रेष्टुरेन्ट अल्डरसटमा वार्षिक भेट्घाट कार्यक्रम राखेको छ। निम्न तलको मिति, समय, स्थान भैदिन हार्दिक अनुरोध छ। वार्षिक भेटघाट कार्यक्रममा बारबिक्यु लगायत नेपालवाट बेलायत आएका चर्चित कलाकारहरुले मनोरंजन दिने कार्यक्रम रहेको संस्थाका […]
बेलायतमा एक नेपाली विद्यार्थीले गरे आत्महत्या

बेलायत | महोत्तरी जिल्लाको पिपरा–०७, बनौली घर भई हाल युनिभर्सिटी अफ ईस्ट लन्डनमा ‘बिएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड नेटवर्क’ अध्ययनरत एक प्रतिभाशाली विद्यार्थीलृ १८ जुन २०२६ का दिन आत्महत्या गरेका छन्। मृतकका दाजु आदित्यकुमार ठाकुरले अन्त्येष्टि गर्न तथा मृतकको पार्थिव शरीरलाई नेपाल लैजान आवश्यक खर्च जुटाउनका लागि बेलायती नेपाली समुदायहरुमा सहयोग गर्न अपिल गरेका छन् […]
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं । नेपालका सरकारका पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीको आधारमा पौडेललाई सुर्खेत प्रहरीले सोमबार पक्राउ गरेको हो । पौडेललाई नेपालगन्ज हुँदै काठमाडौं पठाइँदैछ । ् पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुगेका थिए ।
बेलायतमा रामेछापेलीहरूको बृहत् भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

केदार संकेत – बेलायत। बेलायतमा बसोबास गर्ने रामेछाप जिल्लावासीहरूको बृहत् भेटघाट, शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सनिवार २० जून २०२६ का दिन भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रामेछापेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो सत्र सचिव रोशन श्रेष्ठ र दोस्रो सत्र केदार सङ्केतले सञ्चालन गर्नुभएको […]
बेलायती प्रधानमन्त्री किर स्टार्मरले दिए राजीनामा

लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए । “मैले लिएका हरेक निर्णय मैले […]
नेफिन यूकेले गर्यो डिनर नाइट २०२६ को समीक्षा, ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव तयारीबारे छलफल

अल्डरसट, बेलायत । नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन यूके)ले १० मे २०२६ मा आयोजित वार्षिक डिनर नाइट कार्यक्रमको समीक्षा तथा आगामी ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ को तयारीबारे छलफल गरेको छ। बैठक द प्यालेस रेस्टुरेन्ट, अल्डरसटमा नेफिन यूकेका अध्यक्ष मेजर योगेश राईको अध्यक्षतामा २१ जुनमा सम्पन्न भएको हो । बैठकमा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, […]
यूके निवासी तारामान गुरुङले गरे ‘शिक्षा शिक्षा शिक्षा’ अभियानमा ५० हजार सहयोग

लन्डन । यूके निवासी तारामान गुरुङले ‘शिक्षा शिक्षा शिक्षा’ अभियानलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । मर्स्याङ्दी-२, मोर्ङि, घनपोखरा गाउँ भई हाल वेलिङ लन्डन, यूके निवासी गुरुङले अभियन्ता युग गुरुङलाई सहयोग रकम प्रदान गरेका हुन् । अभियन्ता गुरुङले तमू समुदायको शिक्षामा साथ दिने तारामानलगायत परिवारको सुस्वास्थ्यको कामना गर्दै हार्दिक आभार व्यक्त गरेका छन् ।
एनआरएनए वेबिनारमा उठ्यो प्रश्न : नागरिकता छ, अधिकार कहाँ ?

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती : व्यवहारिक अधिकार सुनिश्चित गर्न एकीकृत कानुन र संवैधानिक संशोधन अपरिहार्य लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा सञ्चालन गरिएको वेबिनार शृंखलाको पहिलो कार्यक्रम “नागरिकताको निरन्तरता र एनआरएन नागरिकताको वर्तमान अवस्था” विषयमा सम्पन्न भएको छ। एनआरएनए आईसीसीको आयोजना तथा नागरिकता निरन्तरता कार्यदलको समन्वयमा २१ जुन २०२६ मा आयोजित वेबिनारमा विश्वभरका राष्ट्रिय […]
कास्कीका सीडीओ गुरुङलाई तमु धिं नेपाललगायत ६० संस्थाको स्वागत तथा सम्मान

पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी सम्हाल्न आएका कुमान सिंह गुरुङलाई आइतबार पोखरामा तमु धिं नेपाललगायत ६० तमु समाज एवम् संघ संस्थाहरुले भव्य स्वागत सम्मान गरेका छन् । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङसहित धर्मपत्नी रिताअ थापा गुरुङलाई […]