मिस तामाङ समाज नेपाल गठन, अध्यक्षमा सफलता थिङ तामाङ

काठमाडौं । मिस तामाङ समाज नेपाल गठन गरिएको छ । मिस तामाङ समाज नेपालको कार्यलाई प्रभावकारी, व्यवस्थित तथा जिम्मेवारीपूर्ण ढंगले सञ्चालन गर्ने उद्देश्यले २०८३ असार १३ गते सफलता थिङ तामाङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा साम्रागी लामा मोक्तान, सचिव रिया लामा, सहसचिव पासाङ याङ्जी लामा र कोषाध्यक्ष स्मृति तामाङ चयन भए । सदस्यहरुमा […]

नेपालमा बेलायती राजदूत फेन बाउसे र रोपार बनेर खेत झरेपछि… [फोटो फिचर]

काठमाडौं । नेपालमा सोमबार २९ जुनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रलगायतको आयोजनामा उपत्यका र बाहिरी जिल्लामा दिवस मनाइएको हो । ललितपुरमा भएको एक रोपाइँ कार्यक्रममा नेपालका लागि […]

बेलायतमा सुनको भाउ ह्वात्तै घट्यो, सोमबार तोलाको कति ?

लन्डन । बेलायतमा सुनको भाउ ह्वात्तै घटेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसनका अनुसार सोमबार प्रतितोला १२ सय ५ पाउन्डमा कारोबार भइरहेको छ । यसअघिका दिनहरुमा बेलायतमा प्रतितोला पौने १४ सय पाउन्ड हाराहारीसम्म पुगेको थियो । आइतबार भने झनै घटेर प्रतितोला १२ सय पाउन्डमा कारोबार भएको थियो । सोमबार चाँदी तोलाको ३५ पाउन्डमा कारोबार भइरहेको जनाइएको […]

विनेसामद्वारा ‘विश्व पर्या कविता प्रतियोगिता २०२६’ घोषणा, ३० डिसेम्बरभित्र रचना पठाउन आग्रह

लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम)ले ‘विश्व पर्या कविता प्रतियोगिता–२०२६’ आयोजना गर्ने घोषणा गरेको छ। “कवितामार्फत पृथ्वीको आवाज बनौँ” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा विश्वभर रहेका नेपाली भाषी स्रष्टाहरू सहभागी हुन सक्नेछन्। महासंघका अनुसार प्रतियोगितामा सहभागी हुने कविता नेपाली भाषामा लेखिएको, वातावरण तथा पर्यावरण विषयमा आधारित, पूर्ण रूपमा मौलिक र अप्रकाशित हुनुपर्नेछ। कृत्रिम […]

एभरेष्ट टाईम्स यूकेका सम्पादक डा.दुत पुन सम्मानित

लन्डन । एभरेष्ट टाईम्स यूकेका सम्पादक डा.दुत पुन (चिम्खोले काइँला) सम्मानित भएका छन् । शनिबार २७ जुन २०२६ मा बेलायतमा भएका छुट्टाछुट्टै कार्यक्रममा डा. पुन नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र पुन मगर समाज यूकेबाट सम्मानित भएका हुन् । डा. पुनलाई प्रतिभा प्रतिष्ठानले आयोजना गरेको १७ औं अभिव्यक्ति शृंखलामा एकल प्रस्तुति दिएकोमा प्रतिष्ठानका अध्यक्ष टंक वनेमलगायतले […]

बेलायती प्रधानमन्त्री स्टार्मरले भने – गोर्खा भूतपूर्व सैनिकमाथिको आक्रमण ‘अत्यन्त लज्जास्पद’

लन्डन । बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले अल्डरसटमा गुर्खा भूतपूर्व सैनिकहरूमाथि भएको जातीय आक्रमणको कडा निन्दा गर्दै यसलाई “अत्यन्त लज्जास्पद” घटना बताएका छन्। अल्डरशटका सांसद एलेक्स बेकरका अनुसार, युद्ध स्मारक नजिकै रहेका वृद्ध गोर्खा भूतपूर्व सैनिकहरूमाथि आक्रमण गरिएको थियो र उनीहरूलाई “आफ्नो देश फर्क” भन्दै जातीय दुर्व्यवहार गरिएको थियो । संसदको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद […]

error: Content is protected !!