एभरेष्ट टाईम्स यूकेका सम्पादक डा.दुत पुन सम्मानित

SHARE:

लन्डन । एभरेष्ट टाईम्स यूकेका सम्पादक डा.दुत पुन (चिम्खोले काइँला) सम्मानित भएका छन् ।

शनिबार २७ जुन २०२६ मा बेलायतमा भएका छुट्टाछुट्टै कार्यक्रममा डा. पुन नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र पुन मगर समाज यूकेबाट सम्मानित भएका हुन् । डा. पुनलाई प्रतिभा प्रतिष्ठानले आयोजना गरेको १७ औं अभिव्यक्ति शृंखलामा एकल प्रस्तुति दिएकोमा प्रतिष्ठानका अध्यक्ष टंक वनेमलगायतले फेटा र ताम्रपत्रसहित सम्मान गरेका हुन् । शनिबारको अभिव्यक्ति शृंखलामा डा. पुनले १ घण्टा एकल सृजना प्रस्तुति दिएका थिए ।

यसैगरी पुन मगर समाज यूकेले बेलायतमा आयोजित भूमेपूजाको अवसरमा डा. दुत पुन र श्रीमती जमुना पुन दम्पतीलाई प्रमाणपत्र, खादा र पछ्यौरीसहित सम्मान गर्‍यो ।

अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगरले डा. उपाधि हासिल गरेकोमा डा. दुतलाई सम्मान गरिएको बताउँदै बधाई र थप सफलताको शुभकामना दिए ।

मगर संघ यूकेका पूर्वअध्यक्ष, साहित्यकार, पत्रकारसमेत रहेका डा.पुनले ‘The Euro American Education Group’ द्वारा सञ्चालित ‘European Institute of Management and Technology’ (EIMT) Switzerland Zug  बाट ‘Doctorate in Arts (Social Science)’ विषयमा यसै वर्ष उपाधि हासिल गरेका थिए । डा.पुनलाई शनिबार २८ मार्च २०२६ का दिन बेलायतको ऐतिहासिक भवन ‘House of Lords’मा आयोजित एक विशेष दीक्षान्त समारोहका बीच विद्यावारिधिद्वारा दीक्षित गरिएको थियो । डा.पुन पेशाले बेलायतको रक्षा मन्त्रालयको निजामती कर्मचारी हुन्।

नेपाल र बेलायतका विभिन्न सामाजिक संघ-संस्थाहरूमा सक्रिय पुनले यसअघि सन् २०१८ मा बेलायतको Anglia Ruskin University बाट ‘Marketing and Innovation’ विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका थिए ।

म्याग्दी रघुगंगा गाउँपालिका-७ चिम्खोलामा जन्मिएका पुन पूर्वब्रिटिस गोर्खा हुन् । ६५ वर्षीय पुन साहित्य लेखन, पत्रकारिता र समाजिक काममा पनि उत्तिकै सक्रिय रहेका छन् । उनका कवितासंग्रह, कथासंग्रह, नियात्रा, व्यक्तित्व, उपन्यासलगायत एक दर्जन पुस्तक प्रकाशित छन् । साथै चलचित्र निर्माण, लोक तथा दोहोरी गीत र आधुनिक गीति एल्बल निकालेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!