घाँटीको क्यान्सरपीडित मुक्ति श्रीस मगरलाई बेलायतबाट झन्डै १६ लाख सहयोग

लन्डन । गुल्मी भार्सेको दबुङ घर भई हाल रुपन्देहीको सालझण्डीमा बसोबास गर्दै क्यान्सरपीडित मुक्ति श्रीस मगरको उपचारका लागि बेलायतबाट झन्डै १६ लाख सहयोग उपलब्ध गराइएको छ । सोमबार १३ जुलाई २०२६ मा गुल्मी जिल्ला समाज यूकेबाट ४ लाख ५७ हजार ९४५, भार्सेली समाज यूकेबाट ४ लाख ११ हजार ०५४.७५, ग्वाघाली समाज यूकेबाट २ लाख ९६ […]

गोर्खा मुद्दामा नेपालका परराष्ट्रमन्त्रीले गरे बेलायतका रक्षा राज्यमन्त्रीसँग भर्चुअल बैठक

लन्डन । गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी समस्याबारे नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अधिराज्य (बेलायत)का रक्षा राज्यमन्त्री ड्यान जारभिससँग भर्चुअल बैठक गरेका छन् । मंगलबार १४ जुलाई २०२६ मा भएको दुईपक्षीय बैठकमा बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी समस्याबारे छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । नेपाल-बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वबारे […]

नेपालको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई बेलायत आइपुगे, म्यानचेस्टर अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत

म्यानचेस्टर, बेलायत । नेपालको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री, नेपाल सरकारका पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सचिव शेरधन राई श्रीमतीसहित बेलायत आएका छन् । पूर्वमन्त्री राई १३ जुलाई २०२६ मा दुई हप्ते पारिवारिक भ्रमणका बेलायत आइपुगेका हुन् । राई दम्पतीलाई म्यानचेस्टर अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का अध्यक्ष भक्त गुरुङप्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का अध्यक्ष […]

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबारे मन्त्रीसँग गरे अधिकारकर्मीले छलफल

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई अझ सशक्त र प्रभावकारी बनाउने बिषयमा सिंहदरबारस्थित महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री सीता बादीसँग छलफल गरेको छ । छलफलपश्चात् मन्त्री र सचीवले नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बारेमा बजार आएको हल्ला जस्तो खारेज वा एकीकरण नहुने बताउनुभएको छ । त्यस्तै पुनर्संरचनाको […]

नेफिन यूके ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ आयोजना गर्दै, के छ तयारी ?

अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन यूके)ले आगामी अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ आयोजना गर्दैछ । महोत्सव शनिबार, ८ अगस्ट २०२६ मा किरात हाउस ग्याम्बल्स लेन, वकिङ बेलायतमा हुनेछ । महोत्सव बिहान ११:३० बजेदेखि सुरु हुने नेफिन यूकेका महासचिव फ्रम दुराले बताए । ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ लाई भव्य, […]

तमु प्ये ल्हु संघ युकेले आगामी अक्टोबर ३० देखि तीनदिन थेब त्हेँ आयोजना गर्ने

लन्डन । तमु प्ये ल्हु संघ युकेले आगामी ३०–३१ अक्टोबर र १ नोभेम्बर २०२६ गरी तीन दिन लगातार थेब त्हेँ आयोजना गर्ने भएको छ । तमु प्ये ल्हु संघ युकेको प्रोपर्टी प्रोजेक्टको बाँकी योजनाहरु सम्पन्न गराउन, सामुदायिक भवनमा थप संरचनाहरु तथा क्होँईबो निर्माण गर्न, खेगीगुरुहरुको शास्त्र (प्ये) लेखन तथा प्रकाशन गर्न र प्येताँ ल्हुताँ प्रवर्तनको […]

एनआरएनएले महान्यायाधिवक्तासमक्ष राख्यो गैरआवासीय नेपालीका प्रमुख एजेन्डा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ। एनआरएनएकी उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति संयोजक रोजिना प्रधान राईको नेतृत्वको टोलीले सोमबार २९ असारमा रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा पुगेर महान्यायाधिवक्ता कँडेलसँग एनआरएनसम्बन्धी कानुनी तथा नीतिगत सुधार, गैरआवासीय नेपालीका अधिकार तथा हित संरक्षण र प्रस्तावित […]

error: Content is protected !!