नेपालको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई बेलायत आइपुगे, म्यानचेस्टर अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत

SHARE:

म्यानचेस्टर, बेलायत । नेपालको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री, नेपाल सरकारका पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सचिव शेरधन राई श्रीमतीसहित बेलायत आएका छन् ।

पूर्वमन्त्री राई १३ जुलाई २०२६ मा दुई हप्ते पारिवारिक भ्रमणका बेलायत आइपुगेका हुन् । राई दम्पतीलाई म्यानचेस्टर अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का अध्यक्ष भक्त गुरुङप्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का अध्यक्ष भक्त गुरुङ, प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष पशुपति पोख्रेल तथा प्रवासी नेपाली मञ्च यूकेका नेता लालबहादुर क्षेत्रीले स्वागत गरेका थिए ।

स्वागतका क्रममा बेलायत भ्रमणले उनको पारिवारिक बसाइ सुखद र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो। शेरधन राईको यो भ्रमण पारिवारिक उद्देश्यका लागि रहेको र उनी करिब दुई हप्तासम्म बेलायतमा रहने कार्यक्रम रहेको जनाइएको छ। राई दम्पती लिभरपुुलस्थित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का अध्यक्ष भक्त गुरुङको निवासमा बसेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!