तमु प्ये ल्हु संघ युकेले आगामी अक्टोबर ३० देखि तीनदिन थेब त्हेँ आयोजना गर्ने

SHARE:

लन्डन । तमु प्ये ल्हु संघ युकेले आगामी ३०–३१ अक्टोबर र १ नोभेम्बर २०२६ गरी तीन दिन लगातार थेब त्हेँ आयोजना गर्ने भएको छ ।

तमु प्ये ल्हु संघ युकेको प्रोपर्टी प्रोजेक्टको बाँकी योजनाहरु सम्पन्न गराउन, सामुदायिक भवनमा थप संरचनाहरु तथा क्होँईबो निर्माण गर्न, खेगीगुरुहरुको शास्त्र (प्ये) लेखन तथा प्रकाशन गर्न र प्येताँ ल्हुताँ प्रवर्तनको लागि श्रव्यदृश्य निर्माण तथा प्रशारण अभियानहरु सञ्चालन गर्न आवश्यक आर्थिक संकलन गर्ने गरी तमु वोँन धर्म शास्त्रमा आधारित पूजाआज गराई धार्मिक प्रवचनसमेत गराउने गरी उक्त थेब त्हेँ आयोजना गर्न लागेको संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुले बताए ।

आइतबार, १२ जुलाईका दिन, संघको सामुदायिक भवन रिडिङमा बसेको बैठकले गत शनिबार २७ जुन २०२६ मा आयोजित वार्षिक भेटघाट तथा समर बीबीक्यू कार्यक्रमको समीक्षासमेत गरेको छ । बैठकले वार्षिक भेटघाट तथा समर बीबीक्यू व्यवस्थापन मिलाएबमोजिम सबै कोणबाट राम्रो र प्रभावकारी भएको निर्क्यौल गरेको छ । उक्त दिनमा एलजी फेस्ट र एनएएफडी इभेन्ट लगायतका धेरै कार्यक्रमहरु एकै दिनमा परेको कारण जनउपस्थिति सोचेकोभन्दा कम भएको निर्क्योलसमेत गरेको उक्त बैठकले आगामी दिनहरुमा यस्तो जनप्रभावित कार्यक्रमहरुलाई मध्यनजर गरी मिति तय गर्नु पर्ने तर्फ समेत विचार पुर्‍याएको छ । गत वर्षको अनुभव र कमिकमजोरीहरुलाई ध्यानमा राखेर व्यवस्थापनमा जोड दिइएको यस पटकको वार्षिक भेटघाट तथा समर बीबीक्यू कार्यक्रम उपलब्धिमुलक र फलदायी बनेको समीक्षा गरेको छ ।

बैठकका संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुले आगामी अक्टोबर ३०,३१ र नोभेम्बर १ तारिख गरी लगातार तीन दिनसम्म हुने थेबत्हेँको योजना, परिकल्पना र उद्देश्यमाथि प्रकाश पार्दै प्रस्तावना पेस गरेका थिए । हरेक वर्ष आयोजना गरिने च्यारिटी डिनर नाईट कार्यक्रमलाई स्थगीत गरी उस्तै लक्ष्य र उद्देश्यसहित संघको प्रोपर्टी प्रोजेक्टको बाँकी योजनाहरु सम्पन्न गराउन, सामुदायिक भवनमा थप संरचनाहरु तथा क्होँईबों निर्माण गर्न, खेगीगुरुहरुको शास्त्र (प्ये) लेखन तथा प्रकाशन गर्न र प्येताँ ल्हुताँ प्रवर्तनका लागि श्रव्यदृश्य निर्माण तथा प्रशारण अभियानहरु सञ्चालन गर्न आवश्यक आर्थिक रकम संकलन गर्ने गरी कल्याणकारी कामको लागि उक्त थेबत्हेँ आयोजना गर्न लागेको बुझिएको छ ।

थेबत्हेँको प्रस्ताव पेस गर्दै अध्यक्ष क्या. डेम बहादुर योज तमुले थेबत्हेँको विस्तृत विवरण लिखित रुपमा तयार गरी आवश्यकताअनुसार बैठक आह्वान गर्दै थेबत्हेँको तयारीलाई तीव्रता दिने बताएका छन् भने थेबत्हेँमा विशेष धार्मिक अनुष्ठानहरुसहित धार्मिक प्रवचन समावेश गराई जनमानसलाई प्येताँ ल्हुताँको बारेमा जानकारी गराउने लक्ष्यसहित नेपालबाट विज्ञ धर्मगुरुहरु बोलाउने योजनासमेत रहेको बताएका छन् । हाल छलफल तथा तयारीको प्रारम्भिक चरणका कामहरु सुरु गरिएकाले यसबारेमा थप स्पष्ट गराउन अझ जरुरी रहेको अवस्थामा को के कसरी बोलाउने र के कस्तो यज्ञहरु र कुन विषयहरुमा प्रवचन गराउने भन्ने कुराहरु निश्चित भइसकेको अवस्था नभएको पनि बताए भने थप अपडेटहरु दिँदै तयारीको लागि सबै स्रोत र साधानहरु परिचालन गर्दै लक्ष्यमुखी काम बढाउने तयारी गरिरहेको कुरा खुलाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!