बेलायतमा कट्टर दक्षिणपन्थी राजनीतिज्ञ निगेल फारेजबारे छानबिन पुनः सुरु

लन्डन । बेलायतको संसदीय नैतिकता निगरानी निकायले शुक्रबार कट्टर दक्षिणपन्थी राजनीतिज्ञ निगेल फारेजलाई दिएको ५० लाख पाउण्ड (६७ लाख डलर) को उपहारसम्बन्धी छानबिन फेरि सुरु गरेको छ । यो छानबिन उनी उपनिर्वाचनमा सांसदका रूपमा पुनः निर्वाचित भएको केही घण्टापछि सुरु भएको हो । फारेजले पूर्वी इङल्याण्डको आफ्नो संसदीय क्षेत्र ‘क्लाक्टन’ सजिलै फिर्ता लिन सफल भएका […]
बीसीसी यूकेको तीनदिने पाँचौँ चिल्ड्रेन समर क्याम्प सम्पन्न

पूर्ण गुरुङ लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको आयोजनामा सञ्चालित तीनदिने पाँचौँ चिल्ड्रेन समर क्याम्प सम्पन्न भएको छ । गत बुधबार, १२ अगस्टदेखि सुरु भएको क्याम्प शुक्रबार सम्पन्न भएको हो । बेलायतमा रहेका नेपाली बालबालिकालाई बौद्ध धर्म, ध्यान (मेडिटेसन), योग, दैनिक पूजापाठलगायतका विषयमा जानकारी गराउने उद्देश्यले क्याम्प आयोजना गरिएको थियो । विभिन्न उमेर समूहका […]
पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु

रोल्पा । सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा घरमा रहेका तीन जना बेपत्ता भएका थिए । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी तथा उद्धार कार्य अघि बढाएका थिए । खोजी गर्ने क्रममा बिहान ११:३० बजे तीनै जनाको शव फेला […]
‘तामाङ मिडिया अवार्ड–२०८३’का लागि छानिए जमुना र जगतमान [विज्ञप्तिसहित]

काठमाडौं । तामाङ पत्रकार संघले ३२औँ तामाङ प्रसारण दिवसका अवसरमा प्रदान गर्ने ‘तामाङ मिडिया अवार्ड–२०८३’का लागि दुई जना तामाङ पत्रकारलाई छनोट गरेको छ । संघीय कार्यसमितिले प्रदेश तथा जिल्ला समितिबाट प्राप्त सिफारिसका आधारमा पत्रकार संघको मापदण्डअनुसार छनोट समिति हुँदै आएको सिफारिस र संघीय सचिवालय समितिको बिहीबार बैठकको निर्णयअनुसार मकवानपुरका जमुना तामाङ र काभ्रेपलाञ्चोकका जगतमान तामाङलाई […]
बेलायतको इस्ट ससेक्समा रेल दुर्घटना, २० जना घाइते, २ को अवस्था गम्भीर

लन्डन । बेलायतको इस्ट ससेक्समा यात्रुवाहक रेल लिकबाट बाहिरिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । लन्डन भिक्टोरियाबाट ईस्टबोर्नतर्फ जाँदै गरेको साउदर्न रेलको १४:२४ बजेको सेवा बिहीबार अपराह्न करिब ४ बजे लुइस रेलवे स्टेसननजिकै लिकबाट बाहिरिएको हो । दुर्घटनामा रेलका तीनवटा डिब्बा लिकबाट बाहिरिएर पल्टिएका थिए । रेलमा […]
साझा नेपाली समाज यूकेले ३१ अगस्टमा ‘तेस्रो यूके भजन महोत्सव-२०२६’ आयोजना गर्ने

लन्डन । साझा नेपाली समाज यूकेले ३१ अगस्टमा ‘तेस्रो यूके भजन महोत्सव-२०२६’ आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष आयोजना गरिने साझा भजन महोत्सव नटिङघमस्थित स्पोर्ट्स पभिलियन द क्लब हाउसमा हुने भएको हो । साथमा समर २०२६ क्रिकेट टुर्नामेन्ट समापन र दोस्रो यूकेव्यापी भलिबल प्रतियोगिता रहेको कार्यक्रम संयोजक हिरा सापकोटाले जानकारी दिएका छन् । नेपाली […]