लन्डन । साझा नेपाली समाज यूकेले ३१ अगस्टमा ‘तेस्रो यूके भजन महोत्सव-२०२६’ आयोजना गर्ने भएको छ ।
प्रत्येक वर्ष आयोजना गरिने साझा भजन महोत्सव नटिङघमस्थित स्पोर्ट्स पभिलियन द क्लब हाउसमा हुने भएको हो । साथमा समर २०२६ क्रिकेट टुर्नामेन्ट समापन र दोस्रो यूकेव्यापी भलिबल प्रतियोगिता रहेको कार्यक्रम संयोजक हिरा सापकोटाले जानकारी दिएका छन् ।
नेपाली कला र संस्कृतिको बेलायतमा प्रवर्द्धन गर्नका लागि आइोजना गरिएको भजन महोत्सवमा सहभागी हुन समाजका अध्यक्ष नारायणप्रसाद फुयालले आग्रह गरेका छन् । सहभागी र प्रसाद नि:शुल्क रहेको सूचनामा उल्लेख छ ।






