बेलायतलगायत देशमा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ३४ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाउनेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमलप्रसाद गौतम, अछामका गणेशबहादुर बुढा […]

पुन मगर समाज युकेले भोटेकोशी बाढीपीडितको लागि ११ लाख ४७ हजार भन्दा बढी रकम हस्तान्तरण

बेलायत – पुन मगर समाज युकेले भोटेकोशी बाढीपीडितको लागि ११ लाख ४७ हजार ३ सय ५८ रुपिया आज बुधवार ३० सेप्टेम्वर २०२६ का दिन हस्तान्तरण गरेको छ। उक्त रकम नेपाल पुन मगर समाजका महासचिव प्रतिमाया पुनलगायत केन्द्रीय समीतिका सदस्यहरुले नेपाल सरकारका विज्ञान तथा प्रविधी मन्त्री डा. महावीर पुनलाई हस्तान्तरण गरेको छ ।

पुन मगर समाज युकेको पुख्र्यौली अभ्यास कार्यक्रम ४ अक्टोबरमा हुने

बेलायत – पुन मगर समाज युकेद्वारा ‘पुख्र्यौली अभ्यास कार्यक्रम’ आगामी अक्टोबर ४ तारिखका दिन हेज, लण्डनमा आयोजना हुने भएको छ। उक्त पुख्र्यौली अभ्यास कार्यक्रममा पुख्र्यौली नाचमा सरस्वती बर्णाउने, कसरी मादल बजाउने, थालनी गर्ने, समापन गर्ने, आशीर्वाद दिने, हाइ हाल्ने, गीत गाउने, नाचनेलगायत सुख र दुःखमा कस्ता-कस्ता गीत र ताल गाउने तथा खेल्ने भनेर आधारभूत अभ्यास […]

तमु समाज युकेको १९औं स्थापना दिवस तथा सम्मान कार्यक्रम लन्डनमा हुने

बेलायत – तमु समाज युकेले आफ्नो १९औं स्थापना दिवस तथा सम्मान कार्यक्रम शनिबार, ३ अक्टोबर २०२६ का दिन आफ्नै तमु समाज युकेको सामुदायिक भवन, लन्डनमा आयोजना गर्ने भएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो एकता” र “समुदायको सुदृढीकरणका लागि एकजुट” भन्ने मूल नारा बोकेको, सन् २००७ मा स्थापित भई स्थापनाको २० वर्षको यात्रामा रहेको यस संस्थाका […]

बेलायतसहित यूरोपवासीलाई ४ अक्टोबरमा डा.योगी विकाशानन्दबाट मनोक्रान्ति प्रवचन

लन्डन । मनोक्रान्तिका अभियन्ता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रमा बसोबास गर्ने नेपालीलाई यही अक्टोबर ४मा प्रवचन दिने भएका छन् । डा.योगी विकाशानन्दले यूके समय बिहान ६:४५ बाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन दिने छन् । यूरोपको समय बिहान ७:४५ देखि ९:४५ र नेपाल समय ११:४५ देखि १:४५ रहेको आयोजक मनोक्रान्ति टिम यूकेले […]

काउन्सिलर नीना गुरुङले लेबर सम्मेलनमा भनिन् – ‘महिलाहरू राजनीतिमा रित्तै हात आउँदैनन्’

लन्डन । मेडवे काउन्सिलकी काउन्सिलर नीना गुरुङले महिलाहरु राजनीतिमा रित्तै नआउने बताएकी छन् । बेलायतको सत्तारूढ लेबर पार्टीको हालै सम्पन्न वार्षिक सम्मेलनमा महिलाको राजनीतिक सहभागिता र विशेषगरी अल्पसंख्यक समुदायका महिलाले राजनीतिमा भोग्नुपरेका चुनौतीबारे बोल्दै उनले यस्तो बताएकी हुन्। ‘महिलाहरू राजनीतिमा रित्तै हात आउँदैनन्, हामीसँग समुदायले भोगेका यथार्थको गहिरो बुझाइ, समानुभूति, दृढता, लचकता र सहकार्य गर्ने […]

error: Content is protected !!