लन्डन । मनोक्रान्तिका अभियन्ता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रमा बसोबास गर्ने नेपालीलाई यही अक्टोबर ४मा प्रवचन दिने भएका छन् ।
डा.योगी विकाशानन्दले यूके समय बिहान ६:४५ बाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन दिने छन् । यूरोपको समय बिहान ७:४५ देखि ९:४५ र नेपाल समय ११:४५ देखि १:४५ रहेको आयोजक मनोक्रान्ति टिम यूकेले जनाएको छ ।
प्रवचनमा शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा प्रफुल्ल भै आनन्द जीवन जिउने कलालगायत जीवनशैली परिवर्तनका लागि अध्यात्मिक ओतप्रोतका ज्ञानगुनको बारेमा समेटिने आयोजक मनोक्रान्ति टीम यूकेले जनाएको छ । आवश्यक जानकारीका लागि नगेन्द्र नेम्बाङ, गोपबहादुर सिञ्जाली मगर र अनिता गुरुङलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।







