बेलायतमा २९ अक्टुवरमा ‘सांगीतिक साँझ २०२६’ हुने, विष्णु खत्री र विमता घर्ती मगरको विशेष प्रस्तुति

लन्डन । नेपाली लोक तथा दोहोरी संगीतप्रेमीहरूका लागि बेलायतको लन्डनमा ‘सांगीतिक साँझ २०२६’ आयोजना हुने भएको छ। नेपालबाट आएका चर्चित लोक तथा दोहोरी गायक-गायिकाहरूको प्रस्तुतिसहित यही ४ अक्टुवरमा सांगीतिक साँझ आयोजना गर्न लागिएको हो । प्लमस्टेडस्थित ना:खा: छ्येन यूकेमा हुने कार्यक्रममा चर्चित लोकगायक विष्णु खत्री र लोक तथा दोहोरी गायिका विमता घर्ती मगरले विशेष प्रस्तुति […]

तमु लम परिवार युकेको पहिलो वार्षिक भेटघाट कार्यक्रम आगामी अक्टोबर १० मा हुने

बेलायत – तमु लम परिवार युकेको पहिलो वार्षिक तथा पारिवारिक भेटघाट कार्यक्रम आगामी १० अक्टोबर २०२६ का दिन आयोजना हुने भएको छ। कार्यक्रम बेलायतको अल्डरसट शहरस्थित एम्पायर हलमा सम्पन्न हुने तमु लम परिवार युकेको अध्यक्ष रामचन्द्र गुरुङले जानकारी दिएका छन् । “एकताको उत्सव मनाउने – आफ्नोपनको भावना जगाउने” मुख्य उद्देश्यसहित आयोजित यस विशेष अवसरमा बेलायतमा […]

गुरुङ साहित्यिक मञ्च नेपालको प्रमुख सल्लाहकारमा एकेन्द्र गुरुङ पुन: मनोनित

पोखरा – गुरुङ साहित्यिक मञ्च नेपालले बेलायत निवासी, बौद्धिक तथा समाजसेवी एकेन्द्र गुरुङलाई पुन: प्रमुख सल्लाहकारमा मनोनित गरेको छ। लमजुङ जिल्लामा जन्मिएका गुरुङले गुरुङ साहित्यिक मंच नेपाललाई स्थापनकालदेखि सल्लाह, सुझाव, मार्गदर्शन आर्थिक, नैतिक भौतिक र प्राज्ञिक रूपमा सहयोग गर्दै आएका छन्। मञ्चले जारी गरेको पत्रमा प्रमुख सल्लाहकार गुरुङद्वारा बिगतमा झैँ गुरुङ भाषा, साहित्य र संस्कृतिको […]

श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

काठमाडौँ । अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ । ‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि उनले नयाँ कविता संग्रह बजारमा ल्याएका हुन् । चार दशकदेखि कलाका विभिन्न विधामा सिद्धहस्त श्रवण मुकारुङले पछिल्लो डेढ दशकमा लेखेका कविता यस संग्रहमा समेटिएका छन् । ‘मेरो साहित्यिक […]

लन्डनका उद्यमी लामिछानेको फाउण्डेशनद्वारा बाढीपीडितलाई ५१ हजार ७ सय २७ पाउन्ड सहयोग

लन्डन । लन्डनका फेसन उद्यमी रविन्द्रजंग लामिछाने अध्यक्ष रहेको ‘द लामिछाने फाउण्डेशन’ ले भोटेकोशी बाढी पीडितका लागि५१ हजार ७ सय २७ पाउन्ड सहयोग गरेको छ । बेलायतस्थित च्यारिटी कमिशनमा दर्ता भएको द लामिछाने फाउण्डेशनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा उक्त रकम जम्मा गरेको हो । बिहीबार दूतावासमा आयोजित समारोहमा व्यवसायी तथा समाजसेवी लामिछानेले कार्यवाहक […]

नेपालका प्रधानसेनापति सिग्देल बेलायत आउँदै, ब्रिटिस समकक्षीसँग भेटवार्ता हुने

लन्डन । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सातदिने औपचारिक भ्रमणका लागि सोमबार बेलायत आउँदै छन् । बेलायती समकक्षीको निमन्त्रणामा सिग्देल बेलायत आउन लागेका हुन् । भ्रमणका क्रममा सिग्देलले बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनले बेलायती प्रधानसेनापति रोली वाकरसँग पनि भेट गर्ने कार्यक्रम छ । […]

error: Content is protected !!