बाढीपीडितका लागि इलाम समाज बेलायतद्वारा ४ लाखभन्दा बढी सहयोग

लन्डन । रसुवामा हालै गएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि इलाम समाज बेलायतले ४ लाख ३ हजार ५ सय ८७ रुपैयाँ सहयोग गरेको छ। समाजको पहलमा बेलायतका विभिन्न शहरमा रहेका इलामेली तथा सहयोगी मनहरूबाट संकलित १ हजार ९ सय ९५ पाउन्डलाई १ पाउन्ड बराबर २०२ रुपैयाँ ५० पैसाको विनिमय दरमा रूपान्तरण […]
यूके सुइटर’ नेपाली लोकदोहोरी गीत सार्वजनिक

काठमाडौं । गायक बिमल परियार र गायिका पुष्पा परियारको स्वरमा नयाँ नेपाली लोकदोहोरी गीत ‘यूके सुइटर’ सार्वजनिक भएको छ । गीतको अडियो तथा भिडियो बिमल परियार अफिसियल युट्युब च्यानलबाट २ अक्टोबर शुक्रबार सार्वजनिक गरिएको छ । बिमल परियारको प्रस्तुति रहेको गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ। कृष्ण केसीले संगीत संयोजन गरेको गीतको मिक्सिङ […]
नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा हितकाजी गुरुङ

लन्डन । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा हितकाजी गुरुङ चयन भएका छन् । एनआरएनए यूकेका पूर्वअध्यक्ष, तमु धीं यूकेका संस्थापक सचिव, पूर्वअध्यक्षसमेत रहेका गुरुङ सभापति चयन भएका नेपाली जनसम्पर्क समिति अधिवेशन तयारी समिति बेलायतका सदस्य सचिव आरके त्रिपाठीले जानकारी गराएका छन् । जनसम्पर्क समिति बेलायतको २७ सेप्टेम्बर २०२६ आइतबार अल्डरसटमा नेपाली […]
बेलायतबाट बिदाइ हुँदै लोकदोहोरी गायिका शर्मिला, आइतबार अल्डरसटमा विशेष कार्यक्रम

अल्डरसट । सांगीतिक भ्रमणका क्रममा बेलायतमा रहेकी लोकप्रिय लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ ‘सरु’ लाई बिदाइ गर्न विशेष कार्यक्रम आयोजना हुने भएको छ । अल्डरसटस्थित डिलाउन्ज रेस्टुरेन्ट एन्ड ककटेलबारमा आइतबार ( ४ अक्टोबर २०२६) गायिका सरुको बिदाइ कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम बेलुका ४ बजेपछि सुरु हुनेछ । नेपाली मौलिक पहिरन र […]
तमु समाज यूकेको आज १९औँ स्थापना दिवस, चर्चित कलाकारको साथमा वार्षिकोत्सव मनाइँदै

लन्डन । तमु समाज यूकेले आज १९औँ स्थापना दिवस मनाउँदै छ । लन्डनस्थित आफ्नै सामुदायिक भवनमा साँझ लोकप्रिय कलाकारको साथमा स्थापना दिवस तथा सम्मान कार्यक्रम आयोजना गरिने समाजका महासचिव सुब घलेले जानकारी दिएका छन् । स्थापना दिवसका अवसरमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले स्थापनाकालदेखि हालसम्म संस्थाले खेलेको भूमिका र सञ्चालन गरेका गतिविधिबारे प्रस्तुति दिने कार्यक्रम रहेको […]
नेपालको नवलपरासीपूर्वको दाउन्नेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा शनिबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको यात्रीवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितलेजानकारी दिनुभयो । घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको […]