तमु धी यूकेको आजीवन सदस्य रात्रिभोजमा तमु लम परिवार यूकेका तीन जना तमु पहिरनमा उत्कृष्ट पुरस्कारबाट सम्मानित

बेलायत । तमु धी एसोसिएसन यूकेद्वारा आयोजित आजीवन सदस्य रात्रिभोज कार्यक्रममा तमु लम परिवार यूकेका तीन जना सदस्य तमु पहिरनमा उत्कृष्ट प्रस्तुतिका लागि पुरस्कारबाट सम्मानित भएका छन्। सम्मानित हुनेहरूमा तमु लम परिवार यूकेकी छोरी चेली प्रमुख बिनु गुरुङ तथा सदस्यद्वय केभिन गुरुङ र दिक्पल गुरुङ रहेका छन्। उनीहरूलाई मौलिक तमु पहिरनमा उत्कृष्ट प्रस्तुतिका लागि पुरस्कार […]

बेलायती समाजसेवीले जीआरएनसीमार्फत रसुवा बाढीपीडितका लागि ६३२ पाउन्ड सहयोग

अल्डरसट, बेलायत। बेलायतस्थित ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) मार्फत नेपालको रसुवाका बाढीपीडितका लागि ६३२ पाउन्ड आर्थिक सहयोग प्राप्त भएको छ। अक्टोबर १६, २०२६ मा बेलायतको अल्डरसटस्थित जीआरएनसीको कार्यालयमा आयोजित कार्यक्रममा बिलायती समाजसेवीहरू स्टिभ गोटिङ र सोभरेन हस्पिटालर अर्डर अफ सेन्ट जोन अफ जेरुसेलमले बाढीपीडितको सहयोगार्थ उक्त रकम प्रदान गरेका हुन्। जीआरएनसीका अध्यक्ष लीला सेलिङ माबोले […]

राष्ट्रिय फुटबलर विमल घर्ती मगरले गरे सन्न्यासको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् । “बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा […]

नेप्लिज अकाउन्टेन्ट एसोसिएसन यूकेको अध्यक्षमा सुरेन्द्र ढुंगाना

लन्डन । नेप्लिज अकाउन्टेन्ट एसोसिएसन यूकेको अध्यक्षमा सुरेन्द्र ढुंगाना निर्वाचित भएका छन् । गत १० अक्टोबरमा सम्पन्न एसोसिएसनको वार्षिक साधारणसभाले ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा युवराज न्यौपाने र सञ्जीव सुवेदी, महासचिवमा इन्द्र गिरी, बोर्ड सेक्रेटरीमा कृष्ण भट्टराई र कोषाध्यक्षमा किरण अधिकारी चयन भए । रिसर्च एन्ड प्रोफेसनल डेभलपमेन्ट कमिटीको संयोजकमा जनकराज पोखरेल, […]

कुटपिटबाट नुवाकोट पञ्चकन्याका सुवास तामाङको काठमाडौंमा मृत्यु

गेस्ट हाउस जान अस्वीकार गरेपछि विवाद हुँदा आक्रमण भएको आफन्तको दाबी काठमाडौं । काठमाडौंको माछापोखरी चोकमा भएको झगडामा कुटपिटबाट घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका ४ थप्रेकका २० वर्षीय सुवास तामाङको मृत्यु भएको छ । शुक्रबार राति भएको घटनामा घाइते तामाङको शनिबार अपराह्न साढे १ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो । थप्रेक खोलेका शुक्रबहादुर गोले […]

समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठ प्रहरीको नियन्त्रणमा, रिहा गर्न महासंघको माग

काठमाडौँ । समाचार लेखेकै आधारमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा साइबर ब्युरोबाट प्रहरी टोली ललितपुरको नख्खुस्थित श्रेष्ठ निवास पुगेपछि उनी आफ्नै साइबर ब्यूरो गएका हुन् । यसैबीच पत्रकार श्रेष्ठलाई पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको […]

error: Content is protected !!