भाषणले देश बन्दैन

SHARE:

देश बनाउने भन्दै निकै चर्का भाषण भए । सुन्दा कर्णप्रिय नारा लागे । जनताको आमूल परिवर्तनका लागि व्यापक संघर्ष भए, आन्दोलन भए, बलिदानी भए । धेरैले रगत बगाए । तरपनि अहिलेसम्म न त परिवर्तनको अनुभूत गर्न सकियो, न त देशले कुनै परिवर्तनको आभास नै मिल्यो । मिल्यो त केबल आश्वासन र भाषण ।

नारैनारा दिएर आएका राजनीतिक दलहरु अहिले सत्तामा छ । देश बनाउने, जनताका समस्या समाधान गर्ने लगायतका विषयमा सुन्नलायक भाषण गरेर नथाक्ने नेताहरु सत्ता चलाइरहेका छन् । सत्ताका विभिन्न स्वाद चाखिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भरमग्दुर प्रयास गरिरहेको बताइरहेका छन् । उनको बोलीमा विकासका व्यापक सम्भावना देखिन्छन् तर व्यवहारमा भेटिन्न् ।

बोलीमा मात्र हुने, व्यवहारमा नहुने स्थिति आयो भने पक्कै पनि उचित होइन । जनताका सामु देखाइएका आश्वासन व्यवहारमा नदेखिने स्थिति आयो भने त्यसले राम्रो गर्दैन् । जनतालाई ढाँट्ने कामले भोलिका दिनमा सजाय दिनेछन् । त्यसैले पनि जनतालाई ढाँट्ने काम बन्द गर्दै जनतासमक्ष गरेको प्रतिवद्धता कार्यान्वयन गर्नेतर्फ सोच्नु आजको आवश्यकता हो ।

नेताका भाषण भनेका वाहियात हुन् भन्ने आम मानिसमा परेको छ । मानिसमा परेको यो भ्रम यथार्थ हो । त्यसैले पनि यी भ्रमपूर्ण अभिव्यक्ति दिँदै जाँदा पक्कै पनि नेपाली जनतामा भ्रम पर्नु कुनै अनौठो विषय भएन । त्यसैले पनि जनताले नेताका भाषण पत्याउन छाडे । यो दुर्भाग्य हो ।

भाषणमा के बोलिँदैछ ? के सन्देश दिँदैछु ? भन्ने कुराको हेक्का राखेर नेताले बोल्दा उचित हुने स्थिति हो । तर, नेताले त्यसो गरिरहेका छैनन् । नेताहरुको बोलीलाई हासीमजाकका रुपमा लिनेहरु बढेका छन् । नेताहरु बोल्छन्, गर्दैनन् भन्नेहरु दिनदिनै बढिरहेका छन् । नेताहरुप्रतिको यो वितृष्णा पक्कै पनि राम्रो होइन । नेताका लागि जनताले खिल्ली उडाउने पात्र बन्नु राम्रो हुँदै होइन् । नेताका भाषणले जनतामा उर्जा आउनुपर्छ, नेताका भाषणले जनतामा उत्साह आउनुपर्छ । नेताका भाषण व्यवहारमा कार्यान्वयन हुनुपर्छ । त्यसो हुन सक्यो भने मात्र जनतामा पक्कै पनि विश्वास जाग्नेछ । जनताले भरोसा गर्नेछ । भाषणका लागि भाषण मात्र नभएर जनताको आवश्यकता पूरा गर्ने नेताको खाँचो छ । जनताको गुनासा सुनिदिने नेताको आवश्यकता छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!