बेलायतमा ‘रेडिङ म्युजिकल नाइट’सम्पन्न : प्रेमराजा, दुर्गादेखि नितासम्मको प्रस्तुति

SHARE:

लन्डन । बेलायतको रेडिङमा नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘रेडिङ म्युजिकल नाइट’ भव्य रूपमा सम्पन्न भएको छ।

गत शनिबार २२ अगस्टमा साउथ रेडिङ कम्युनिटी हलमा रेडिङ नेपाली समाजका अध्यक्ष भीमसेन खड्काको अध्यक्षतामा कार्यक्रमको पहिलो सत्र सम्पन्न भएको हो । कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार तथा दर्शक–श्रोताको उल्लेख्य सहभागिता रहेको थियो।

रेडिङ बोरो काउन्सिलका मेयर पाउल गिटिङस्‌को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डेपुटी मेयर अम्जाद तरार, रेडिङ बरो काउन्सिलअन्तर्गत ब्याटल वार्डकी काउन्सिलर प्रतिक्षा गुरुङ र मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

त्यस्तै, तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, मगर संघ यूकेका उपाध्यक्ष विष्णु श्रीस, पूर्वउपाध्यक्ष अनिता राना मगर, सचिव अनिल थापा, सांस्कृतिक उपसचिव रुक आले, तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङ, संरक्षक लेख गुरुङ, वरिष्ठ सल्लाहकार रञ्जन मल्ल, एनआरएनए यूके कोषाध्यक्ष सरोज थापालगायत रेडिङका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमको सांगीतिक सत्रमा वरिष्ठ लोकगायक प्रेमराजा महत, ‘कौरा किङ’ दुर्गा गुरुङ, ‘द भ्वाइस अफ नेपाल सिजन–७’की विजेता निता थापा मगर तथा तनहुँ समाज यूकेको मौलिक लाइभ कौरा प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। स्थानीय कलाकारहरूले समेत विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सुनचाँदीका गहनालगायत आकर्षक पुरस्कारसहितको राफल ड्र आयोजना गरिएको थियो। सहभागीहरूका लागि सहुलियत मूल्यमा विभिन्न स्वादिष्ट नेपाली परिकारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको टिकट प्रायोजन किङ्स गेट फाइनान्सले गरेको थियो भने र्‍याफल ड्रका लागि यो मोमोज, ए स्टार मोर्गेज र बुद्ध मोर्टगेजले प्रायोजन गरेका थिए ।

कार्यक्रम संयोजक महेन्द्र आलेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, कलाकार, प्रायोजक, सञ्चारकर्मी तथा सम्पूर्ण दर्शक–श्रोताप्रति धन्यवाद व्यक्त गरेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!