अस्पतालमा सुत्केरी गराउन गएकी रत्नमाया मगरको ज्यान गयो

SHARE:

तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालमा प्रसूति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएको हो ।

अस्पतालको सामान्य डेलीभरी कक्षमा राखिएकी उनको चिकित्सकको लापर्बाहीको कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । बच्चासमेत नबाँचेपछि परिवार र महिला अधिकारकर्मीले अस्पताल प्रशासनको चरम लापर्बाही भन्दै विरोध गरेका छन् ।

अस्पताल परिसर तनावग्रस्त बनेको छ । प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेको छ । प्रसूतिको ब्यथा नै नलागी महिलाको मृत्यु भएको परिवारले दाबी गरेको छ । मृत्युको कारणबारे अस्पताल प्रशासनले आधिकारिक जानकारी दिएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!