चर्चित कलाकारको साथमा बेलायतमा रेडिङ सांगीतिक साँझ-२०८३ सम्पन्न

SHARE:

लन्डन । चर्चित कलाकारको साथमा बेलायतमा रेडिङ सांगीतिक साँझ-२०८३ सम्पन्न भएको छ ।२२ अगस्ट शनिबार साउथ रेडिङ कम्युनिटी हलमा रेडिङ सांगीतिक साँझ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक महेन्द्र आलेले जानकारी दिएका छन् ।

कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महत,’कौरा किङ’ दुर्गा गुरुङ र भ्वाइस अफ नेपाल सिजन ७ की विजेता निता थापा मगरले जोडदार प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सुनचाँदीका गहनाका आकर्षक पुरस्कारसहितको राफल ड्र र सुपथ मूल्यमा स्वादिष्ट नेपाली खानाको परिकारहरूको व्यवस्था गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन प्रायोजकहरू किङ्स गेट फाइनान्स, यो मोमोज,बुद्ध मोर्गेज र ए स्टार मोर्गेजलाई कार्यक्रम संयोजक महेन्द्र आलेले धन्यवाद व्यक्त दिएका छन् ।

कार्यक्रमको सहयोगी संस्था रेडिङ नेपाली समाज रहेको थियो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!