जनजाति महासंघद्वारा धार्मिक विद्वेष फैलाउनेलाई कारबाही माग

SHARE:

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले धार्मिक विद्वेष फैलाउनेलाई राज्यले उन्मुक्ति दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले मंगलबार विज्ञप्ति जारी गर्दै धार्मिक द्वन्द्व बढाउने उद्देश्यअनुरूप आचार्य श्रीनिवासले आफैंमाथि गोली हान्न लगाएको कुरा विभिन्न सञ्चार माध्यममा आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक स्विकारेको उल्लेख गर्दै महासंघले नेपालका सबै धर्मप्रति समान नीति र व्यवहार गर्न माग गरेको छ । महासंघले धर्मनिरपेक्षताको नीति, सिद्धान्त र कार्यशैलीलाई राज्य, सरकार र समाजकै तहबाट इमानदारितापूर्वक कार्यान्वयन गर्न आग्रह गरेको छ ।

‘बहुधार्मिक मुलुकमा एकल धार्मिक वर्चस्व कायम गराउने र धार्मिक साम्प्रदायिक द्वन्द्व फैलाउने घृणित कार्यमा संलग्न आचार्यलगायत सबैलाई राज्य सरकारले उन्मुक्ति नदिन र कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनसमेत महासंघ विशेष आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मितिः २५ वैशाख २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!