‘म त हजुर परदेशमा…’ गीत सार्वजनिक [भिडियोसहित]

SHARE:

काठमाडौं । नेपालको सामाजिक परिवेशलाई चित्रण गरिएको गीत ‘म त हजुर परदेशमा…’ सार्वजनिक भएको छ ।

सुवास गुरुङ (गणेश) को प्रस्तुतिमा बनेको सो गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । क्लाइमेक्स आर्टको प्रस्तुति रहेको ‘म त हजुर’ गीतमा चर्चित गायक रामकुमार गुरुङको शब्द, संगीत रहेको छ । एरेन्ज सहास शाक्यले गरेका छन् भने अभिनयको भूमिकामा सुवास र विना गुरुङ (हेलेन मनाङ्गे) छन् ।

हरिनारायण चौधरी नेपालको छायांकन रहेको सो गीतमा सुवास स्वयम्‌ले निर्देशन गरेका छन् । सम्पादन राजेन्द्र खड्काले गरेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!