सुडानमा देशव्यापी युद्धबिरामको घोषणा

SHARE:

खर्तुम । सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ ।

सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गरेका हुन् । “सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने विश्वासका साथ संविधानअनुसार युद्धबिरामको घोषणा गरिएको हो,” परिषद्का अध्यक्षद्वारा जारी घोषणामा उल्लेख गरिएको छ ।

उनको घोषणा जारी भएसँगै लागू भएको मानिने व्यवस्था रहेककाले बुधबारदेखि नै लागू भएको छ । दक्षिणी सुडानको राजधानी जाबामा वार्ताको प्रयास भइरहेका बेला युद्धबिरामको घोषणा भएको हो । सुडानको सरकारी पक्ष र विद्रोही तथा शसस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । सुडानमा लामो समयदेखि विभिन्न समूहहरूसँग सरकारको द्वन्द्व चलिरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!