
एटा संवाददाता ।
लन्डन । नेपाल चलचित्र कलाकार संघ युकेको अध्यक्षमा रोमियन लिम्बु निर्वाचित भएकी छन् । गत आइतबार १७ नोभेम्बर साँझ अल्डरसटस्थित दि प्यालेस रेष्टुरेण्टमा आयोजित संघको पहिलो साधारणसभाले उनको अध्यक्षमा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
सो नयाँ कार्यसमितिको उपाध्यक्षमा धु्रव दत्त र सुरेशराज पाठक, महासचिवमा रितेश चाम्स, सचिवमा सृजना निङलेखू, कोषाध्यक्षमा इन्दू लिम्बू र सहकोषाध्यक्षमा सन्तकुमार राई चयन भएका छन् । त्यस्तै, क्षमता ढकाल, गोविन्द अर्मजा, दीपक मैथाने मगर, अनामिका गुरुङ र प्रतिमा दुद्राज सदस्यमा निर्वाचित भएका छन् । उनीहरुलाई नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले संघको विधान बमोजिम सपथ गराएका थिए ।
कार्यक्रमको उद्घाटन समारोहमा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदीले साधारणसभाको सफलताको शुभकामना दिदैं बेलायतमा नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा कलाकार संघले बिशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै, उनले कार्यक्रमका आर्कषण वरिष्ठ गायिका मिरा राणा, कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्का, नायक धिरेन शाक्य लगायत बेलायतमा रहेका नेपाली चलचित्रकर्मीहरुले नेपाली चलचित्रको बिकासमा दिएको योगदानको प्रसंशा गरे । डा. सुवेदीले नेपाल भ्रमण बर्ष २०२० को बारेमा जानकारी गराउदै उपस्थित स्थानीय रसमुर बरो काउन्सिलका लिडर काउन्सिलर डेविड क्लीफोर्ड लगायत स्थानीयलाई नेपाल भ्रमण गर्न अनुरोध गरे ।
त्यस्तै, संघका केन्द्रिय अध्यक्ष खड्काले २०४५ सालमा स्थापित संस्थाको गठनको स्मरण गर्दै बेलायत शाखाको गठनले नेपाली चलचित्रको बिकासमा बिशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यसअघि अमेरीकामा समेत शाखा गठन गरिएको बताउदै बेलायत शाखाको गठनले बेलायतमा नेपाली चलचित्रको छायांकन गर्ने, बेलायतमा नेपाली कलाकारहरुलाई प्रशिक्षण गराउन मद्वत पुग्श्वाने विश्वास व्यक्त गरे । साथै, उनले बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीले नेपाली कला, साहित्य र संस्कृतिको बिकासमा दिएको योगदानको कदर गर्दै संघको मानर्थ सदस्यता प्रदान गरे ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष पूनम गुरुङ, समाजसेवी नरकुमारी लिम्बु, वरिष्ठ अभिनेता धिरेन शाक्य, बार्नेट काउन्सिलका उपमेयर लक्ष्य बहादुर गुरुङ, रस्मुर बरो काउन्सिलका लिडर डेभिड क्लिफोर्ड, ईनास अध्यक्ष बिनोद चिपाली लगायतले शुमभकामना मन्तब्य दिएका थिए । त्यस्तै, वरिष्ठ गायिका मीरा राणाले ‘मखमली चोली..चाईदैन’ बोलको सदावहार गीत गायिकी थिईन् भने सपन राई, रबिन मगर, जेनाह लिम्बु, मनसुदन थापामगर लगायत कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेका थिए ।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष लिम्बुले नेपाल चलचित्र कलाकार संघ युकेको गत बर्ष आफ्नै संयोजकत्वमा शाखा गठन भएको बताउदै संघले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी कार्यक्रम तय गरिने जनाए । उनले आफू १२ बर्षको उमेर देखि कलाकारिकता क्षेत्रमा आवद्ध रहेको बताउदै बेलायतमा नेपाली चलचित्रको बिकास गर्ने विश्वास व्यक्त गरिन् । साथै, उनले प्रमुख अतिथि, नेपालबाट आमन्त्रित बिशेष अतिथिद्धय खड्का तथा शाक्य लगायत, विभिन्न संघ संस्थाका पदाधिकारी लगायत कलाकारहरुलाई उपस्थितिको लागि धन्यवाद दिईन् । नेपाल चलचित्र कलाकार संघ युके तदर्थ समितिकी संयोजन रोमियन लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई रितेश चाम्सले संचालन गरेका थिए ।







