चौथो पीपल गल्फ प्रतियोगितामा महेन्द्र फगामी ग्रस विजेता, गजेन्द्र गुरुङ उपविजेता बने

SHARE:

लन्डन १६ भदौ । चौथो पीपल गल्फ प्रतियोगितामा महेन्द्र फगामी ग्रस विनर बने भने गजेन्द्र (गाज) गुरुङ रनर अप बनेका छन् ।

अगष्ट २९ तारिखका दिन सेर्फिल्ड ओकस, बेजिङस्टोकमा भएको प्रतियोगितामा जीवन पुन नेट विनर बने भने बाल गुरुङ रनर अप भए । डिभिजन ‘ए’ को विनर दीपकराज घले भए भने रनर अप गीताजंग गुरुङ ।

यसैगरी डिभिजन ‘बी’मा दुर्गा जिमी विनर बने भने रनर अप भए प्रेम गुरुङ । डिभिजन ‘सी’मा हेम गुरुङ विजेता भए भने विवेक घर्ती उपविजेता । सिनियरतर्फ क्याप्टेन ताम ढेँगा, गेष्टतर्फ प्रशान्त गौचन विनर भए । यस्तै नोभल्टी पुरस्कार पाउनेहरुमा खुलातर्फ लङ्गेष्ट ड्राइभमा जीवन थापा, भेट्रान्सतर्फ लङ्गेष्ट ड्राइभमा ग‌ंगा मल्ल, नियरेष्ट टू द पिनतर्फ रेशम श्रीश र दल लामा गुरुङ रहेका छन् ।

प्रतियोगितामा ग्रस विजेतालाई ३०० पाउन्ड नगद पुरस्कार र रनिङ शिल्ड तथा उपविजेताले १५० पाउन्ड नगद पुरस्कार र ट्रफी पाएका छन् । त्यस्तै नेट विनरलाई २५० पाउन्ड नगद पुरस्कार र रनिङ शिल्ड तथा रनर अपलाई १५० पाउन्ड नगद पुरस्कार र ट्रफी हस्तान्तरण गरियो ।

यस्तै, डिभिजन तर्फका विजेताहरुलाई नगद १५०/१५० पाउन्ड पुरस्कार र ट्रफी प्रदान गरियो भने रनर अपहरुलाई १००/१०० पाउन्ड नगद पुरस्कार र ट्रफी प्रदान गरियो । लङ्गेष्ट ड्राइभ खुला तथा भेट्रान्सका विजेतालाई ५०/५० पाउन्ड नगद र ट्रफी र नियरेष्ट टू पिनतर्फका विजेताले पनि ५०/५० पाउन्ड नगद र ट्रफी पाए ।

खेल सुरू हुनुपूर्व प्रतियोगिताको टाइटल स्पोन्सर पीपल ग्रुपका मानव संशाधन म्यानेजर प्रनिसा गुरूङ, स्टेट म्यानेजर मिलन गुरूङ, अकाउन्टेन्ट प्रमोद गुरूङ, मोर्गेज एडभाईजरहरु प्रसन्न, निरज, युनिका, ईना, नाग्स, कोपिला साथै डाइरेक्टर सूर्य गुरुङले सबै टिमलाई शुभकामना दिएका थिए । गोर्खा गल्फ सोसाईटीका अध्यक्ष दीपक घलेले चार वर्षसम्म निरन्तर सहयोग गर्दै आएकोमा पीपल मोर्गेज साथै डाईरेक्टर सूर्य गुरुङलाई हृदयबाट धन्यवाद दिए ।

पीपल ग्रुपका डाईरेक्टर सूर्य गुरूङले समाजमा केही दिएमा मात्र सम्बन्ध गाढा हुने विश्वास व्यक्त गर्दै सबै विजेतालाई बधाई ज्ञापन गरेका थिए ।

हरेक वर्ष जुन महिनामा हुने सो प्रतियोगिता यसवर्ष कोरोनाको कारणले अगष्टमा आयोजना गरिएको हो । आयोजकका अनुसार १२० जनाको सहभागिता थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!