सहारा खेलकुद पत्रकारिता पुरस्कार पौडेललाई प्रदान गरिने

SHARE:

पोखरा २० भदौ । पत्रकार इन्द्र प्रसाद पौडेललाई यस बर्ष सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।

प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको सिफारिसलाई सहारा क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अनुमोदन गरेको क्लबद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सहारा क्लब पोखराले खेलकुद विटलाई प्राथमिकता दिएर
समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदानको आधारमा वर्षेनी उक्त पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।

क्लबको २२ औं वार्षिकोत्सव अवसरमा यही भदौं ३० गते सो पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार राशी २० हजार ५ सय ५५ र ताम्रपत्र रहेको छ । प्रतिभा छनोटका लागि क्लब सल्लाहकार समेत रहेका अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा समिति गठन भएको थियो । समितिको अन्य सदस्यमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, एन्फाका पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष एवं एन्फा कास्कीका पूर्व अध्यक्ष खेमबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, क्लवका पूर्व अध्यक्ष द्धय विक्रक थकाली, विरभद्र आचार्य, क्लवका अध्यक्ष केशव बहादुर थापा र महासचिव रामजी प्रसाद अधिकारी पदेन सदस्य रहेका थिए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा ८ मा बस्दै आएका पौडेल २०६२ देखि कान्तिपुर टेलिभिजनमा आवद्ध छन्। केही बर्ष उनले समाधान दैनिक र हटलाइन दैनिकमा फोटो पत्रकार तथा संवाददाताको रुपमा समेत काम गरेका थिए । बि.ए.सम्मको अध्ययन गरेका, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव समेत रहेका पौडेल प्रेस काउन्सील क्रियासील पत्रकारीता पुरस्कार २०७२, (विनाशकारी भूकम्प, बाढि पहिरोको जटिलताका बिच जीवनको प्रर्वाह नगरी चुनौती पूर्ण पत्रकारिता गरे स्वरुप), कास्की जिल्ला भलिबल संघ २०७५, फोटोग्राफर संघ पोखरा लगायतबाट सम्मानित भएका छन्। २०३४ असोज २६ गते बाबु हरिलाल पौडेल र आमा मुवादेवी पौडेलको कोखबाट जन्मेका पौडेल विभिन्न सहकारी तथा सामाजिक संघ संस्थामा आवद्ध भई छिमेकी मुलुक भारत, चीन, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स, दुवई, मलेसीया, सिङ्गापुर, इन्डोनेसीया,
बगंलादेशमा समेत भ्रमण गरेको अनुभव छ ।

आमा बाबु सहित श्रीमती भारती बराल (पौडेल), छोरी सोनीया र छोरा सुशान्त पौडेलको साथमा रहेका पौडेल विभिन्न समयमा पत्रकारिता, फोटो पत्रकारिता, भिडियोग्राफी र स्वास्थ्य सम्बन्धी तालिम लिएको थप अनुभव समेत रहेको छ ।

यस अघि यस पुरस्कारबाट पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल र सन्देश श्रेष्ठ पुरस्कृत भैसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!