लन्डन असोज २१ । बेलायतमा रहेका पाल्पालीहरुको संस्था पाल्पा जिल्ला समाज यूकेले फोक्सिङ्कोटका पहिरोपीडितलाई २ लाख सहयोग सहयोग गरेको छ । सहयोग रकम पत्रकार देब पचभैया, पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधिहरु इन्द्रबहादुर थापा, बृहस्पति राना र पाल्पाका केही पत्रकारहरुले घटनास्थलमै पुगेर हस्तान्तरण गरेका हुन् ।
असोज ८ गते बिहीबार रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा स्थानीय ६० वर्षीय हुमबहादुर गाहाको घर पहिरोले पुरिँदा २ घर पुरिँदा ६ जनाको ज्यान गएको थियो भने सोही वडाको सुरुङ्डाडा निवासी २७ वर्षीया मोतीसरा गाहाको समेत पहिरोले घर च्यापिँदा ज्यान गएको थियो । हुमबहादुर सँगै उनकी श्रीमती धनिसरा गाहा, कान्छी छोरी कृष्णा माया र नातिनिहरु खुमिसरा र लक्ष्मी गाहाको ज्यान गएको थियो ।
सहयोग रकममध्ये रकम पहिरोमा ज्यान गुमाएका हुमबहादुर गाहाको परिवारलाई १ लाख, खुमिसरा आलेको परिवारलाई ५० हजार र मोतीसरा गाहाको परिवारलाई ५० हजार गरी जम्मा २ लाख सहयोग गरेको पाल्पा जिल्ला समाज यूकेका पूर्व अध्यक्ष एवम् आर्थिक सहयोग कार्यक्रमका संयोजक बम थापा सुर्यबंशीले जानकारी दिए ।


