दिलेन्द्र बडूसहित कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यमा कोरोना

SHARE:

काठमाडौं कात्तिक २२ । कांग्रेसका दिलेन्द्र बडूसहित थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा दिलेन्द्र बडू, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरे छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो फेसबुकमा लेखेर उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । पौडैलले सबैको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

यसअघि केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन कुमार थापालगायत ७ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समितिको बैठक नै स्थगित भएको थियो । अहिले उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा पनि अस्पतालमा उपचाररत छन्। उनको कोरोना भाइरसको संक्रमण नरहे पनि फोक्सोको निमोनियाका कारण उनी अस्पतालमै छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!