पाँचौं पटक आइपिएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जित्यो

SHARE:

काठमाडौं कात्तिक २६ । मुम्बई इन्डियन्सले पाँचौं पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ ।

मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि जितेको हो । पहिलो पटक फाइनलमा पुगेको दिल्लीले मुम्बई इन्डियन्ससँग चारपटक लगातार हार ब्यहोनुपर्‍यो । खेलमा १५७ रनको मध्यम चुनौती पाएको मुम्बईले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेर्टाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ ब्लमा ६८ रन बनाउँदा इशान किशनले अविजित ३३, क्विन्टन डि ककले २० र सुर्यकुमार यादवले १९ रन बनाएका थिए । बलिङतर्फ एनरिच नोर्टजेले दुई विकेट लिन सफल भए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएसँगै मुम्बईलाई मध्यम लक्ष्य पेश गरेको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!