सेवारो कलाकार संघ युकेको बैठक सम्पन्न

SHARE:

नगेन्द्रराज नेम्वाङ
अल्डरसट । सेवारो कलाकार संघ युकेको तेस्रो कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । गत ३ जुन आइतबारका दिन अल्डरसटमा बसेको बैठकले काजीमान याक्सो, डम्बर सिंघक लिम्बू, सुवर्ण नेम्वाङ, वीरध्वज आँङबोहाङ्ग, आसराज बेरिबम, मान तबेबुङ्ग र लोकेन्द्र तबेबुङलाई संघको सल्लाहकारमा चयन गरेको छ ।

बैठकमा यक्वा तङनामको समीक्षा गर्दै यक्वा तङनाममा खाना तथा पिय पदार्थ प्रायोजन गर्ने रिता फोम्बो, भक्ति आङदेम्बे र दुर्गा पाङमालाई धन्यवाद दिइएको थियो ।

त्यस्तै, नेपालबाट आएका कलाकारहरुलाई संस्थाबाट कार्यक्रम आयोजना गरी सम्मान गर्ने भएको छ । संघले सदस्यहरुलाई सहज बनाउन आगामी ३ वर्षको कार्यक्रम तय गरेको महासचिव जय मादेम्बाले जानकारी दिए ।

संघका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको बैठकमा किरात याक्थुङ चुम्लुङ युके (कियाचु) ले आयोजना गर्न लागेको सिसेक्पा तङ्गनाम कार्यक्रमलाई सफल पार्नका लागि सेवारो कलाकार संघले सहयोग गर्ने अध्यक्ष दुर्गा पाङ्माले बताए ।
त्यस्तै, बैठकले पूर्वमहासचिव जय मादेम्बालाई कार्यभार हस्तान्तरण गरेको थियोे । बैठकमा सल्लाहकार सुवर्ण नेम्वाङ, आसराज बोखिम, किरात याक्थुङ चुम्लुङ युके (कियाचु) का वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ लगायतको विशेष उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष दुर्गा पाङ्माको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष रिता फोम्बोले स्वागत मन्तव्य राखेका थिए भने महासचिव जय मादेम्वाले बैठक सञ्चालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!