वनेम कल्याण संस्था युकेको अधिबेशन

SHARE:

छत्र वनेम

लन्डन आश्फोर्ड माघ २३ ।

 

सामाजिक संस्थाको रुपमा २००९ देखि क्रियाशील रहेको वनेम कल्याण संस्था यूकेले यो अधिबेशन गर्ने भएको छ ।

२० फेब्रुवरि २०२१ का दिन भर्चुअल माध्यम जुम मार्फत अधिबेशन आयोजना हुनेगरी सूचना प्रकाशित गरिसकेको उपाध्यक्ष टंक वनेमले बताए ।

हरेक तीन बर्षमा बिधानमा ब्याबस्था भए बमोजिम तेश्रो अधिबेशन सम्पन्न गरिनु सक्नु पर्ने तर विश्वभर फैलिएको महामारी कोविद १९ को कारणले ढिला भएको साथै नेपाल आएको अवस्थामा संस्थाको अध्यक्ष हरी प्रसाद वनेम नेपाल धरान स्थित आफ्नो घरमा मृत्‍युभए पछी कार्यसमिती नेतृत्व अध्यक्ष बिहिन अवस्थाले नेत्रित्वको चयन गर्न नितान्त आबश्यक रहेकोले भर्चुवल मार्फत अधिबेशन गर्न लागिएको पनि जानकारी गराए ।

त्यसैगरी, समाजका कोसाध्यक्ष तुलबिर लिम्बुले कोभिड महामारीका कारण गत एप्रिल महिनामा निस्चित गरेको भेटघाट कार्यक्रम स्थगित गर्नपुगेको स्वीकार्दै स्थिति सामान्य अवस्थामा आएपछी कार्यक्रम सम्पन्न गरिने बताए ।

लिम्बुले समाज भित्रका सदस्य तथा आफन्तहरुलाई कम्तिमा दुई दुई बर्षमा एकपटक भेटघाटको अवसर मिलाएर बेलायतमा बसोबासरत आफन्तहरुसंगको सम्बन्ध नबिकरण हुने भएकोले बिगत देखिनै निरन्तर आयोजना गरिदै आएको पनि जनाए ।

समय समयमा आफ्नो समाज भित्र बिपदमा परेका सदस्यहरुलाई पनी संस्थाले सहयोग संकलन गर्दै आएको छ् । हाल नेपाल दमक निबासी पेटमा क्यान्सरबाट पीडित बलमान लिम्बुको अनुरोध बमोजिम यस महामारिको बिच पनि एक हजार एकसय उन्नाइस पाउन्ड संकलित सहयोग रकम नेपाल पठाउन लागिएको पनि कोसाध्यक्ष लिम्बुले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!