लन्डन माघ २५ । नेकपाको प्रवासी नेपाली एकता मञ्च यूके फुटेको छ ।
मञ्चको नेकपा ओली समर्थकले आइतबार विशेष राष्ट्रिय भेलामार्फत् भक्त गुरुङको नेतृत्वमा १२५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । बेलायतका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न ५ वटा इलाका समिति पनि घोषणा गरिएको छ । मञ्चको केन्द्रीय कार्यसमितिमा १२ जना उपाध्यक्ष, एक महासचिव, तीनजना उपमहासचिव र एक-एक जना कोषाध्यक्ष एवम् सह-कोषाध्यक्ष चुनिएका छन् । भेलाले मञ्चअन्तर्गत विभिन्न दुई दर्जन बढी विभाग समेत घोषणा गरेको छ ।
अध्यक्ष : भक्त गुरुङ
उपाध्यक्षहरु : सुरेन्द्र थपलिया, विनोद ज्ञवाली, तुंगभद्र भुषाल, सरस्वती केसी, धनबहादुर क्षेत्री, विजयविक्रम लिंगदेन, रमेश बाँस्तोला, दासुराम पाण्डे, ह्याम शेरचन, हरिगोविन्द गुरुङ, नरेन्द्र कँडेल र पशुपति पोखरेल
महासचिव : सुरेशजंग शाह
उपमहासचिव : डा. मुकुन्द बाँस्तोला, यादव श्रेष्ठ र हेम लिम्बू
कोषाध्यक्ष : पुण्य रेग्मी
सह-कोषाध्यक्ष : लिलामान शेरपुञ्जा
क्षेत्रीय समिति अध्यक्षहरु
साउथ वेष्ट : रामकुमार गुरुङ
स्कटल्याण्ड : जोनी पहारी
नर्थ वेष्ट : अर्जुन चापागाईं
साउथ इष्ट : केदार थपलिया
मिडल्याण्ड एण्ड नर्थमा : तारानाथ भण्डारी
भेलालाई गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए ।






