लन्डन माघ २६।

पिटरबरो नेपाली समाज यूकेको नयां नेतृत्व चयन गरिएको छ ।
आइतबार सम्पन्न भर्चुअल साधारणसभाले भरत पाण्डेको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो ।
९ औं कार्यसमितिको तीनजना उपाध्यक्षमा विष्णु थापा, संगीता कोइराला र भिमलाल खनाल चुनिएका छन् भने महासचिव कृष्ण लुईंटेल, सचिव जुना सापकोटा, कोषाध्यक्ष डोलराज बस्याल र सह–कोषाध्यक्षमा हरिप्रसाल भुषाल चुनिएका छन् ।
त्यसैगरि सदस्यहरुमा उपेन्द्र श्रेष्ठ, नारायण भण्डारी, लव लामिछाने शर्मा, राजकुमार पुडासैनी, सचिन भट्टराई, अर्चना भण्डारी, राम भट्ट शर्मा चुनिएका छन् । निर्वाचन संयोजक केशव भण्डारीले निर्वाचित कार्यसमितिलाई शपथ गराएका थिए ।
साथै साधारणसभाले ८ सदस्यीय ट्रष्टी बोर्ड पनि गठन गरेको छ । ट्रष्टी संयोजकमा शिव पौडेल र सदस्यहरुमा पवन शर्मा, डा. राजु सापकोटा, बाबुराम धिताल, कपिल खड्का, हरिहर भट्टराई, शिव भण्डारी क्षेत्री समाजका निवर्तमान अध्यक्ष र भरत पाण्डे रहेका समाजले जनाएको छ ।साधारण सभाले भरत पाण्डे र हरिहर भट्टराईले एक एक वर्ष अध्यक्षता आलोपालो गर्ने सर्वसम्मत निर्णय पनि गरेको छ ।






