लन्डन फागुन ५ ।

तमु समाज यूकेले बेलायतमा रहेका नेपाली समुदायको हक अधिकार स्थापित गर्नका लागि जनगणना जागरुकता सम्बन्धी अभियानमा सहभागी हुन अनुरोध गरेको छ ।
‘सेन्सस २०२१ यूके’ कम्युनिटी क्याम्पियन २०२१ प्रोग्रामबारे आफ्नो आधिकारिक फेसबुक फेजमार्फत सन्देश जारी गर्दै तमु समाज यूकेले सहभागीका लागि अनुरोध गरेको हो । अभियानअन्तर्गत तमु समाज यूकेले आइतबार भर्चुअल बैठक समेत राखेको छ ।
उक्त कार्यक्रममा कम्युनिटी एडभाइजर समीर गुरुङको प्रस्तुति रहने र तमु समाज यूकेका उपाध्यक्ष शिवकुमार गुरुङले कार्यक्रम सञ्चालन गर्ने छन् । जुम मिटिङ दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने छ । जनगणनामा नेपाली समुदायको निष्पक्ष रूपमा बढीभन्दा बढीले भाग लिन सकेमा यसले युवा पुस्ताको भविष्यलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
बेलायतवासी समुदायमा परिचित संस्था तमु समाजले मातृभूमि र कर्मभूमिमा समुदाय र सम्पूर्ण नेपालीको हितमा काम गर्दै आइरहेको छ ।


