आहा रारा गोल्ड कपका लागि सहारा यूकेले ट्रफी पठायो

SHARE:

युके फागुन १५ ।

आहा रारा गोल्ड कप को १९ औं संस्करणका लागि सहारा यूकेले यस वर्ष पनि आकर्षक ट्रफी पठाएको छ ।

सहारा क्लब पोखराको भातृ संस्थाको रुपमा रहेको सहारा यूकेले यस वर्ष पनि ट्रफी पठाएको अध्यक्ष कुमार गुरुङले बताएका छन् । वेलायतबाट पठाइएका ट्रफीहरु प्रत्येक खेलका लागि म्यान अफ दी म्याच ट्रफी सहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरीने ट्रफीहरु रहेका छन ।

१० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर, अनुशासित टोली, उत्कृष्ट प्रशिक्षकलाई प्रदान गरिने आकर्षक ट्रफी पठाइने तयारी भइरहेको सहारा युकेका उपाध्यक्ष कुशाङ गुरुङले बताए ।

ति ट्रफीहरुको नेपाली रुपैयाँ करिव १ लाख २५ हजारको हाराहारीमा रहेको अध्यक्ष कुमार गुरुङले बताए । त्यसै गरी विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदान गरिने मेडल समेत वेलायतबाट नै आउने भएको छ । विभिन्न विधामा उत्कृउष्ट हुने खेलाडी एवं कुनै टोलीको लागि ति ट्रफी निकै आकर्षक भएकोले उक्त ट्रफीको महत्व थप बढेको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको चर्चित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । उक्त प्रतियोगिता पोखरा रंगशालामा २०७७ चैत २८ गतेसम्म हुने भएको सहारा क्लवले जनाएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लवले जनाएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!