सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको दबाबमा टेलिभिजन कार्यक्रम बन्द

SHARE:

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दबाबमा नेपाल टेलिभिजनको ‘सिधा प्रश्न’ कार्यक्रम बन्द गरिएको छ ।

शनिबार बेलुकी ८ बजेर ५० मिनेटमा प्रसारण हुँदै आएको उक्त कार्यक्रम सञ्चार प्रविधिमन्त्रीले बन्द गर्न दबाब दिएपछि बन्द भएको कार्यक्रम निर्माता तथा प्रस्तोता राजु थापाले आरोप लगाएका छन् । केही दिनअघि सोही कार्यक्रममा मन्त्री बास्कोटाले अन्तर्वार्ता दिँदा झुट् बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यक्रम बन्द गरिएको थापाको दाबी छ। अन्तर्वार्तामा ‘तपाईले श्रीमतीको माइतीबाट आएको १७ तोला सुन र ६० तोला चाँदी भनेर सम्पत्ति विवरणमा उल्लेख गर्नु भएको छ त?’ भन्दा सञ्चारमन्त्री बाँस्कोटाले उल्टै प्रश्नकर्ता थापाले झूट बोलेको भनेर दाबी गरेका थिए। उत्तिनैखेर थापाले सुन र चाँदी श्रीमतीको माइतीले दिएको भनेर सञ्चारमन्त्रीले नै बुझाएको सम्पत्ति विवरण पढेर सुनाएका थिए। त्यसपछि मन्त्रीले फेरि श्रीमतीलाई माइतीले दिएको भन्दै प्रस्ट्याउने कोसिस गरेका थिए।

महाप्रबन्धक गोविन्द रोकाले भने विश्वकप फुटबल लाइभ गर्नु परेकोले कार्यक्रम बन्द गरिएको प्रतिक्रिया दिएका छन्।

प्रेस स्वतन्त्रताको उल्लंघन : महासंघ
प्रश्न सोधेकै आधारमा नेपाल टेलिभजनबाट प्रसारण हुने कार्यक्रम बन्द गराइएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति निकालेर ‘सिधा प्रश्न’ कार्यक्रमका प्रस्तोता राजु थापाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग सम्पत्ति विवरणका सम्बन्धमा प्रश्न सोधेपछि मन्त्रीकै प्रत्यक्ष निर्देशनमा बन्द गराइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए ।

‘प्रश्न सोधैकै आधारमा निरन्तर प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य हो,’ विज्ञप्तिमा छ ।

लोकतन्त्रमा प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै महासंघले सूचना प्रविधिमन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने कार्य भएको टिप्पणी गरेको छ । यो घटनाबाट सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिबद्ध नरहेको पुष्टि भएको ठहर गर्दै महासंघले तत्काल कार्यक्रम सुचारु गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यसैगरी नेपाल प्रेस युनियनले पनि प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गर्न निर्देशन दिइएको भन्दै विरोध जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!