निलो प्रकाशबाट क्यान्सरको खतरा

SHARE:

आजकल एलईडी स्क्रीन वा बल्बबाट निस्कने नीलो प्रकाशले क्यान्सरको खतरा बढाइरहेको छ । ब्रिटेन विश्वविद्यालय र बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थको अनुसन्धानअनुसार, एलईडी बल्बको प्रकाशले स्तन र प्रोस्टेट क्यान्सरको खतरा डेढ गुणा बढाउछ ।

अनुसन्धानले एलईडी लाइट्सको नीलो प्रकाशले शरीरलाई प्रभावित गर्ने र निद्राको प्याटर्न बिगार्ने देखायो । यसले शरीरको हर्मोन स्तरमा खराब असर पार्छ र स्तन तथा प्रोस्टेट क्यान्सर गराउछ । यी दुवै क्यान्सर हर्मोनको खराबीकै कारण हुन्छन् ।
विश्व स्वास्थ्य संगठनको अन्तराष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीका अनुसार, रातमा काम गर्ने मानिसलाई क्यान्सरको खतरा सबभन्दा बढी हुन्छ किनकि उनीहरू राति एलईडी बल्बको प्रकाशमा काम गर्छन् । यो अनुसन्धान २० देखि ८५ वर्षको उमेरका चारहजार मानिस माथि गरियो । यसबाट एलईडीको प्रकाशले क्यान्सर हुने खतरालाई सही बताइयो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!