नगेन्द्रराज नेम्वाङ
मोटोपन, अल्छिपन यी दुइवटै चीज स्वास्थ्य र सफलता प्राप्तिका बाधक नै हुन् । तपाई हामीमा जुत्ताको लेस बाँध्नु पर्दा शारीरिक असुविधा र सास फर्न असजिलो भएको अनुभव भएमा आफू मोटो भएको बुझ्न सकिन्छ । मोटोपन दैनिक दिनचार्यमा असहज र रोग लाग्ने संभावना बढी भएकोले यसबाट अलग रहनु नै स्वस्थ जीवन बाँच्ने सरल उपाय हो ।
कारण : वंशानुगत, अनियन्त्रित खाना सेवन, व्यायामको अभाव, पानी प्रशस्त नपिउनु । मोटोपन हुनबाट बच्ने उपायः प्रत्येक दिन ३० देखि ९० मिनेटसम्म शारीरिक व्यायाम गर्नु, सर्वोत्तम खानेकुरा, अन्नबाट तयार पारिएका खानेकुरा, भात, रोटी, कम सेवन गर्ने, गर्मी समयमा भोक कम लाग्ने गर्दछ । यस अवस्थामा पानीको स्रोत भएको फलफूल, जस्तै अनारस, खर्बुजा, आँप, सुन्तला, अंगुर, स्याउ, काँक्राको सेवन गर्न फाइदाजनक मानिन्छ । बेलुकीको खाना खाने वित्तिकै आराम नगर्नु वेश मानिन्छ । उपवास बस्न पनि मोटोपनबाट बच्ने उपाय मानिन्छ । हप्तामा एक दिन फलपूmल मात्र सेवन गर्ने र बेलुकीपखको खाना त्याग्न सकिन्छ । पानी प्रशस्त पिउनु पर्दछ । दैनिक भोजनमा खाना कम, हरियो सागसब्जी र काँचो सलाद बढी समावेश गर्न सकिन्छ । बिहान ब्रेक फास्ट टन्न, बेलुकीको खाना कम गर्न सकिन्छ ।
व्यायाम अनिवार्य प्रत्येक दिन ३० मिनेटदेखि लिएर एक घण्टासम्म फटाफट हिँड्न सकिन्छ । पौडी खेल्नु, सामूहिक खेलहरुमा भाग लिई शरीरको वजन घटाउन सकिन्छ । उमेर ४५ वर्ष नाघेपछि मोटोपनको सुरुआत हुन्छ । शारीरिक क्षमताअनुसार व्यायाम गर्नुको साथै शरीरलाई तन्दुरुस्त सन्तुलित कायम गर्नका लागि योग गर्नु पर्दछ ।