नगेन्द्र नेम्वाङ –
खोलाको कलकल ध्वनि, कोइलीको कुहुकुहु आवाज, बाँसुरीको सुरिलो धुन यी ध्वनिहरु आफैंमा सुमधुर हुने र मनमोहक बनेका होइनन् । तपाई हाम्रोे कान छ र त यी सुमधुर बनेका हुन् । कान अर्थात् श्रवण शक्तिबिनाको जीवन कल्पना पनि गर्न सकिन्न । तसर्थ, कानको स्वास्थ्यको बारेमा चर्चा गरौं । कानको समस्या धेरै प्रकारका हुन्छन् । कान पाक्नु, कान दुख्नु, कान कम सुन्नु, कान सुन्नु, कान कराउनु आदि ।
लक्षण : कामनामा पानी वा पीप बग्नु, ठूलो आवाज बज्दा कान दुख्नु, कान गन्हाउनु, कानको दुखाईले गर्दा घाँटी वा टाउको समेत दुख्नु ।
कारण : कानमा अन्नको दाना वा कुनै वस्तु पस्नु, ध्वनि प्रदूषण भएकोमा बस्नु, कानमा फोहोर जमेर सुक्खा हुनु । कानमा पानी पस्नु, दाँतको रोग लाग्नु र कानको सरसफाईमा कमी हुनु ।
उपचार : यो समस्यालाई प्राकृतिक तथा घरेलु तरिकाबाट उपचार गर्ने केही तरिका बारेमा चर्चा गरौं । कान धेरै दुखेमा अवस्थामा खाना खानुको सट्टा फलपूmल र जुस मात्र पिउनु पर्दछ । सुन्तलाको जुसमा पानी मिसाएर पिउनु पर्दछ । दैैनिक भोजनमा सन्तुलित आहार, ब्राउन राईस आँटा सलाद, हरियो तरकारी, फलपूmल समावेश गर्नुपर्दछ । दैनिक ओखरको सेवनले पनि श्रवण शक्ति विकास गर्दछ ।
अन्य उपचार : दुखेको कानमा तोरीको तेल हल्का तताएर अदुवाको रस २–३ थोपा मिलाएर कानमा राख्दा आराम मिल्दछ । कानमा किरा पसेको भए मनतातो तेल राख्नाले किरा मर्छ र बाहिर निस्कन्छ । कान पाक्ने समस्या छ भने तोरीको तेलमा थोरै नुन मिलाएर मनतातो बनाई कानमा राख्ने र त्यसको वरपर मालिस गर्न सकिन्छ ।
बहिरोपनमा फाइदा गर्ने अर्को उपाय तुलसी पात वा पीपलको पातको रस कानमा राख्नु पनि फाइदाजनक मानिन्छ । कान दुखाईमा गाइको पिसाव वा आप्mनै पिशाव केही थोपा कानमा राख्नुमा पनि ज्यादा प्रभावकारी हुन्छ ।
दिल खोलेर बेस्सर हाँस्नुले पनि कानको रोगमा फाइदा पुर्याउछ । जैतुनको तेल दुई थोपा लसुनको रस, १ थोपा र अदुवाको रस १ थोपा, मनतातो बनाई कानमा राख्नले दुखाई कम गर्छ ।
साभार : १०१ रोग एक से एक उपचार पुस्तकबाट