नगेन्द्र नेम्वाङ –
डर–त्रास एक प्रकारको मानसिक समस्या हो । सामान्य अवस्थाको डर–त्रास कुनै न कुनै बेला सबैले अनुभव गरेकै हुन्छ । जस्तै परीक्षादेखि डराउनु, समूहमा बोल्नदेखि डराउनु, सम्बन्ध टुट्ला भनी डराउनु । तर, यस प्रकारहको डर असामान्य रुपमा भइरहनु बिनाकारण पनि डर एवं चिन्ता बनिरहनुलाई ब्लहष्भतथ रोग भनिन्छ ।
लक्षण : मुख सुक्नु, छाती भारी हुनु, मांसपेशीहरु कडा हुनु, छिटो छिटो स्वास फेर्नु, अनिद्रा हुनु, एकाग्र गर्न नसक्नु, तनावग्रस्त हुनु ।
कारण : यो रोग लाग्नुको कारण यही हो भनेर विज्ञहरुले पत्ता लगाउन सकेका छैनन् तर केही सम्भावित कारणहरु यस प्रकार छन् ।
जीवनमा तनावग्रस्त घटनाहरु हुनु, बाल्यवस्थामा पारिवारिक वा साथीहरुसँगको सम्बन्ध नराम्रो हुनु, वंशाणुगत गुण हुनु, भोजनमा पौष्टिक तत्वहरुको अभाव ।
उपचार : भोजनमा सुधार सन्तुलित जीवनशैली योग, ध्यान, प्रणायामको अभ्यास, सकारात्मक सोचको विकास आदिको माध्यमबाट समस्यायुक्त जीवन बाँच्न सकिन्छ । हामीले खाने खानाको सम्बन्ध हाम्रो मानसिक अवस्थासँग जोडिएको हुन्छ । तसर्थ भोजनमा सुधार गर्दै मानसिक स्वास्थ्य सुधार गर्न सकिन्छ ।
डर–त्रास भएको अवस्थामा कार्बोहाइट्रेडयुक्त खाना आलु, रोटी, मकै, चिउरा, केरा खाएमा दिमागलाई शान्त बनाउँछ ।
दैनिक १ वटा प्याज लाभदायक चिया कफीले यो समस्यालाई झनै जटिल बनाउने हुँदा चिया कफी पिउनु हँुदैन । एकैपल्ट टन्न खाना नखाई थोरै थोरै पटक खाना खानु लाभदायक ओमेगा ३ युक्त भोजन ओखर, जैतुनको तेल, माछा, आलस आदिले मस्तिष्कलाई शक्तिशाली बनाउने हुँदा डर–त्रास कम हुने गर्दछ ।
योग ध्यान प्रणायामको नियमित अभ्यासले यो समस्यामा राहत प्रदान गर्दछ । योग अभ्यासले मस्तिष्क शान्त पार्ने जीव रसायनहरु (एन्डोरफिन, सेरोटोनिन आदि) सक्रिय हुने हुँदा मानसिक रोगहरुमा योग ध्यान प्रणायामले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।