छोरा र भाइको हत्या

SHARE:

जाजरकोट । रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले बुधबार आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ । छोरा र भाइको हत्या गरेपछि शंकरले आत्महत्याको प्रयास गरेका थिए । शंकर र उनका घाइते दुई छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी नलगाड नगरपालिका–७ दानीपिपल खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!