एनआरएनए यूके गाहामगर पक्ष भूकम्पपीडितको सहयोगमा जुट्यो, शेष घलेसँग सहकार्य

SHARE:


लन्डन ८ नोभेम्बर २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगका लागि जुटेको छ ।

एनआरएनए यूकेले भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष प्रेम गाहामगरले जनाए । यस्तै डा. शेष घलेको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोबल एनआरएन फाउण्डेशनसँग पनि सहकार्य गर्ने भएको छ ।

गत आइतबार जुममार्फत भएको एनआरएनए यूकेको आपतकालीन बैठकले डा. घलेको एमआइटीग्रुप र गैर आवासीय नेपाली संघले सामाजिक कार्य गर्न स्थापना गरेको ग्लोबल एनआरएन फाउण्डेशनसँग सहकार्य गर्ने निर्णय गरेको अध्यक्ष गाहामगरले बताए । संघले गो फण्डमीमार्फत भूकम्प पीडितका लागि चन्दा संकलन समेत सुरु गरेको जनाएको छ ।

६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दु:ख व्यक्त गर्दै अध्यक्ष गाहामगरले मनकारी बेलायतवासी नेपालीलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।

एनआरएनए यूके संलग्न भएको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोबल एनआरएन फाउण्डेशनले ५०-५० लाख रुपैयां दिने निर्णय गरिसकेका छन् ।

गत कार्तिक १९ गते आइतबार गैर आवासीय नेपाली संघ र संघका पूर्वअध्यक्ष तथा संरक्षक एवं एमआइटी ग्रुप फाउण्डेशनका संस्थापक अध्यक्ष डा. घलेको उपस्थितिमा भएको संयुक्त बैठकले राहत तथा उद्धाका लागि पहिलो चरणमा एक करोडभन्दामाथि संकलन हुने आधार तयार गरेको छ ।

यस कार्यका लागि संघका पदाधिकारीले ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए भने एमआइटी ग्रुप फाउण्डेशनले सोही अनुपातमा थप ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गरिएको थियो ।

यसैबीच, २० कात्तिकका दिन दुवै फाउण्डेशनका तर्फबाट पहिलो चरणको राहत वितरण कार्य थालनी भएको छ । स्थानीय निकायको समन्वयमा पहिलो चरणको राहत अन्तर्गत भूकम्पबाट अति प्रभावित क्षेत्र आठबिसकोटका पीडितहरुका लागि एक हजार थान कम्बल र खाद्यान्न लिएर संघका युथ ब्राण्ड एम्बासडर दिपेश खत्रीको नेतृत्वमा एक टोली त्यसतर्फ प्रस्थान गरिसकेको संघले जनाएको छ ।

यस अलवा डा. घलेको नेतृत्वमा संघका सल्लाहकारहरु एसी शेर्पा तथा श्याम तामाङ र एमआइटी ग्रुप फाउण्डेशनका सञ्चालक सुरेश चित्रकार सम्मिलित एक संयुक्त टोलीले प्रभावित क्षेत्रको स्लगतअध्ययन गरि पीडित तथा जनप्रतिनिधिहरु र नेपाल सरकारका सरोकारवाला निकायहरुसंगको छलफल तथा समन्वयमा आगामी दिनका लागि के कस्ता अल्प तथा दीर्घकालिन उद्धार, राहत तथासहयोग गर्दा बढी प्रभावकारी र दिगो हुनुका साथै स्थानीयहरुको प्राथमिकता पुरा गर्न सकिनेछ त्यसैअनुरुप थप सहयोगको खाका तयार गरिने पनि संघको सचिवालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!