नेफिन युकेको महाधिवेसन आइतवार १६ जुन २०२४ मा हुने

SHARE:

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको महाधिवेसन आइतवार १६ जुन २०२४ को दिन तमु धिं भवन मिचेट हुने भएको छ।

महाधिवेसन दिनको ११०० बजे देखि शुरु हुने छ भने महाधिवेसनमा खुल्ला सत्र, गोप्य सत्र र बिधान संशोधन गरेपछि निर्वाचन गर्ने भएको छ। निर्वाचन सोहि दिनको १६०० बजेदेखि शुरु हुने छ।

नेफिन युकेले निर्वाचन मण्डलको प्रमुख आयुक्तमा नेफिन युकेका सल्लाहकार एकिन्द्र गुरुङलाई नियुक्त गरेको छ भने अन्य सदस्यहरुमा संस्थाका पुर्ब अध्यक्ष ले. श्री लिम्बु, निबर्तमान अध्यक्ष जंग सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका निबर्तमान अध्यक्ष विश्वासदीप तिगेला र सल्लाहकार दुत पुन (चिम्खोले काईला) लाई सदस्य सचिबमा नियुक्त गरेको छ।

निर्वाचन मण्डलका प्रमुख आयुक्त एकिन्द्र गुरुङले निर्वाचनको लागि कार्यतालिका यस प्रकार प्रकाशित गरेको छन ।
१. उम्मेदवारको उम्मेदवारी दर्ता मिति: ४ जुन २०२४।
२. उम्मेदवारको दावी विरोध मिति: १६ जुन २०२४, समय: १३०० बजे।
३. उम्मेदवारको उम्मेदवारी फिर्ता मिति: १६ जुन २०२४, समय: १५०० बजे।
४. उम्मेदवारको अन्तिम नामावाली प्रकाशन मिति: १६ जुन २०२४, समय: १५३० बजे।
५. निर्वाचन अपरान्ह मिति: १६ जुन २०२४, समय: १६०० बजे।

निर्वाचन मण्डलले निर्वाचन संबन्धि नियमावली यस प्रकार प्रकाशित गरेको छ।
१. निर्वाचन सम्पन्न गर्नको लागि नेपाल आदिवासी जनजाति महासंघ युकेले बढिमा ५ जना रहेको निर्वाचन समिति गठन गरेको छ।
२. निर्वाचन संबन्धि कार्यतालिका, नियमावली (आचासंहिता) बनाउने ब्यबस्थापन गर्ने र कार्यतालिका फेरबदल गर्ने अधिकार निर्वाचन समितिलाई रहने छ।
३. महाधिवेसनमा प्रत्येक सदस्य संस्थाबाट ५ जान प्रतिनिधिहरु सहभागी हुन् सक्ने छन।
४. हरेक सदस्य संगठनको बढिमा एकजनाको मात्र उम्मेदवारी दिन सक्ने छन।
५. कार्यसमितिमा उम्मेदवार दिने व्यक्तिले आफु आबद्ध संगठनको सिफारिश पत्र बुझाउनु पर्ने छ।
६. कार्यसमितिमा अध्यक्ष – १ बरिष्ठ उपाध्यक्ष – १ उपाध्यक्ष – ३ महिला सहित महासचिब – १ कोषाध्यक्ष – १ समेतको पदाधिकारी रहने छ।
७. अध्यक्ष पद सम्हालिसकेको सदस्य संगठनको दोस्रो कालको लागि सो पदमा उम्मेदवारी दिन पाउने छैन। अध्यक्ष पद जातीय संस्थाहरु बीच चक्र प्रणाली अनुसार रहेता पनि कुनै जातीय संस्थाबाट अध्यक्ष पदमा दाबि नगरेमा र संस्थाको अध्यक्ष पद सम्हाली सकेको जातीय संस्थाबाट बहुमतको आधारमा पुन: अध्यक्ष हुन् सक्ने छ।
८. निर्वाचन सम्बन्धि जुनसुकै बिषयमा जोडिएको बिबाद र अस्पष्टता संबन्धमा निर्वाचन समितिको निर्णय नै अन्तिम निर्णय हुने छ।
९. निर्वाचन समितिले निर्धारण गरेको आचारसंहिता र नियमावलीको उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी रद्ध गर्न सकिने छ।
१०. मतदाता नामवली उम्मेदवारी र उम्मेदवारी सम्बन्धमा दावी बिरोध गर्न परेमा निर्वाचन समितिलाई लिखित उजुरी दिनु पर्ने छ।
११. उम्मेवारहरुले एक प्रस्ताब र समर्थक सहितको उम्मेदवारी संगै निम्न अनुसारको शुल्क बुझाउनु पर्ने छ। निर्वाचन मण्डले शुल्क यसरी निर्धारण गरेको छ।
क. अध्यक्ष – £५००
ख. बरिष्ठ उपाध्यक्ष – £३५०
ग. उपाध्यक्ष – £३००
घ. महासचिब – £३००
ङ. कोषाध्यक्ष – £२००

निर्वाचनको लागि सम्पर्क
१. एकिन्द्र गुरुङ – प्रमुख आयुक्त निर्वाचन मण्डल, Mob: 07533 181153
२. दुत पुन – सदस्य सचिब, Mob: 07828 724821 Email: dutpun@gmail.com
३. ले. श्रीप्रसाद लिम्बु – सदस्य, Mob: 07737 010280
४. जंग सुनुवार – सदस्य, Mob: 07846 853434
५. विश्वासदीप तिगेला – सदस्य, Mob: 07454 496699

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!