तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समुहको अध्यक्ष कमला गुरुङ कर्मथलो बेलायत फर्किए

SHARE:

 

बेलायत। तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समुहकी अध्यक्ष कमला गुरुङ झन्डै तिन हप्ताको नेपाल भ्रमणपछि आफ्नो कर्मथलो बेलायत फर्किएका छन्। नेपाल भ्रमणकोक्रममा अध्यक्ष गुरुङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली मेलाको लागि निमन्त्रणा दिएका छन्।

गुरुङ दाम्पति तिन हप्ता पहिला तमु धिं युकेका पदादिकारीहरु, कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु, तमु धिं युकेका आमा समुहलगायत साहारा युकेका समुह लिएर नेपाल भ्रमणमा गएका थिए। नेपाल भ्रमणमा रहदा उनि तथा कमला गुरुङ पोखराको अर्घु बुद्ध सदन, कास्कीको सिक्लेस, ल्वाङ, पर्वतको कुश्मा दुर्लुङ, चित्रे, राम्जा, आर्थर डाँडाखर्क, खाल्टे, स्यांग्जाको गल्याङ, लम्जुङको पाँचगाउँ, गिलुङ र कर्पू गाउँको भ्रमण गर्दै भिन्न संघ-संस्थाले आयोजना गरेको कार्यक्रमहरुमा सहभागिता जनाएका थिए।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समुहकी अध्यक्ष कमला गुरुङले तमू धीं युके परिवार करिब तीन हप्ताको नेपाल भ्रमण सकेर जन्मभूमिबाट कर्मभूमि बेलायततिर फर्कदै छौं। यस पटकको नेपाल भ्रमणमा रहदा चाहँदा चाहँदै पनि कतिपय साथीभाई, इष्टमित्र, महानुभावहरु र बिभिन्न संघसंस्थालाई समय दिन नसकिएकोमा क्षमा याचना मागेका छन् ।

गुरुङ दाम्पतिले हामी भौतिक रुपमा प्रत्यक्ष भेटघाट हुन नसकेतापनि म र हाम्रो संस्था तमू धीं युके सधैं तपाईंहरुको साथमा रहने छ भनेका छन्। हजुरहरुको प्रेम र सद्भावको सधैं सम्मान गर्दै हामी बिचको प्रेम र सद्भाव सधैं यस्तै रहिरहोस् भन्न चाहन्छौं भनेका छन् ।

अन्त्यमा अध्यक्ष दाम्पतिले हाम्रो भ्रमणलाई सफल पार्न प्रत्यक्ष र परोक्षरुपमा साथ दिनुहुने सम्पूर्ण साथीभाइ, इष्टमित्र, अफन्तजन, संघसंस्था र पत्रकार मित्रहरुमा हार्दिक आभार एवम् धन्यवाद प्रकट गरेका छन् ।

     

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!