नेवाः ताम्सालिङ प्रदेश माग गर्दै काठमाडौंमा प्रदर्शन

SHARE:

काठमाडौं । प्रदेश ३ लाई ‘नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । नेवार र तामाङ समूदायको विशेष थलोको रुपमा रहेको प्रदेश ३ लाई ‘नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण गर्न माग गर्दै आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रर्दशन गरिएको हो ।

नेवाः ताम्सालिङ समन्वय समितिको आह्वानमा आयोजना गरिएको प्रदर्शनीमा सबै मातृ भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा सबै मातृ भाषामा पठनपाठन गर्ने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिइएको छ । नेवार र तामाङ समुदायको थलोको रुपमा रहेको प्रदेश ३ को नामाकरण नेवाः ताम्सालिङ प्रदेश राख्न माग गर्दै सरकारलाई दवाव दिन प्रर्दशन गर्नु परेको समितिका संयोजक मोहन गोले तामाङले बताए ।

नेवारी र तामाङको भेषभुषामा सजिएर आएका प्रर्दशनकारीहरुले कम जनसंख्या भएको समूदायलाई विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा नगरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!