नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरलाई मगर भवनमा भब्य स्वागत

SHARE:

 

लन्डन। आइतवार २३ फेब्रुअरी २०२५ का दिन मगर संघ युकेले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरलगायत अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष बिरमान घर्तीमगर, मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, मगर संघ नेडरल्याण्डका अध्यक्ष नेत्र राना, मगर संघ पोर्चुगलका उपाध्यक्ष चुमया थजाली मगरलाईलाई मगर संघ युकेको आफ्नै भवन तथा मगर भवन फार्नबोरोमा भब्य स्वागत गरेको छ ।

४३ सौं मगर दिवसमा अध्यक्ष ज्ञानेन्द्र पुन मगरलाई प्रमुख अतिथिमा, बिरमान घर्ति मगरलाई विशेष अतिथिमा र अतिथिमा अध्यक्षहरु लोक राना मगर, नेत्र राना मगर र उपाध्यक्ष चुमया थजाली मगरलाई ४३ सौं मगर दिवसको उपलक्षमा मगर संघ युकेले आमन्त्रणा गरेको थियो।

कार्यक्रमको पहिलो चरणमा आमन्त्रित पाहुनाहरुलाई मगर संघ युकेका अध्यक्ष सिता पुन मगरले खडा लगाएर स्वागत गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपाल मगर संघको भावी कार्यक्रमहरुको रणनीतिक कार्यपत्र पावरपोइन्टद्वारा प्रस्तुत गरेका थिए। रणनीतिक कार्यपत्रमा लखन स्मृति संग्राहलय निर्माण र चार खम्बे नीतिजस्ता रोचक बिषयहरु प्रस्तुत गरेका थिए।अध्यक्ष पुन मगरले लखन स्मृति संग्राहलयको फोर डि इनमेसन भिडिओ देखाउदै संग्राहलय निर्माणका लागि आर्थिक सहयोग गरिदिनको लागि अनुरोध गरेका छन्।

कार्यक्रमको तेस्रो चरणमा नेपाल मगर संघ, अन्तराष्ट्रिय मगर महा संघ, मगर संघ युके, मगर संघ बेल्जियम, मगर संघ नेडरल्याण्ड र मगर संघ पोर्चुगलको बिचमा बिभिन्न बिषय हरुमा गहन छलफल भएको छ।

मगर संघ युकेका अध्यक्ष सिता पुन मगरले अध्यक्ष अध्यक्षता गरेको कार्यक्रममा मगर संघ युके बैदेशिक शाखाका संयोजक तथा उपाध्यक्ष होम रोका मगरले स्वागत मन्तव्य राखेका थिए भने महासचिब गुमानसिङ थापा मगर र सचिब गोमान पुन मगरले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा मगर संघ युकेका पुर्ब तथा निवर्तमान अध्यक्षहरु, ट्रष्टीहरु, सल्लाहकारहरु, शाखा समितिका अध्यक्षहरु, कार्यसमितिहरु, युथ र पुन मगर समाज युकेका अध्यक्षलगायत धेरैको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!